गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित सांगठनिक संरचनाको टुंगो लगाउन सकेको छैन । पदाधिकारीको चयनका साथै सांगठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी समिति बैठक लगातार बसिरहेको छ तर अझै पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुन: चयन गरेको थियो । […]