नेपालमा १० अर्ब लगानी गर्ने तयारीमा एनआरएनए

पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो ।  सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो । अध्यक्ष पन्तले नेपालमा विशेष गरी पर्यटन व्यवसायसँगै पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्ने गरी बहुउद्देश्यीय परियोजना सञ्चालनको चरणमा रहेक...

सम्बन्धित सामग्री

१० अर्ब कर छुटसम्बन्धी मुद्दा : दुई सातादेखि निरन्तर सुनुवाइ, फैसला आउने तयारीमा

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माउपरका तीन मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । उनी कर फस्र्योट आयोगको सदस्यसमेत रहेका वेला गरेको भ्रष्टाचारसहितका मुद्दामा सुनुवाइ सकिएको छ भने...

आइपीओ ल्याउँदै गरेको रिलायन्स स्पिनिङ मिल्सको कारोबार एकैवर्ष करिब सवा १० अर्ब

काठमाडौं। प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले एकैवर्ष १० अर्ब १० करोड ४० लाख रुपैयाँको कारोबार

आयोग र अर्थ मन्त्रालयबीच रकमान्तरको विवाद

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोडभन्दा बढी बजेट माग गरेको छ । आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए । आयोग निर्वाचनको तयारीमा जुटेको भन्दै प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा […]

मधेस प्रदेशमा बजेट ल्याउने तयारी

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी थालेको छ । असार १ गते वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था अनुरूप प्रदेश सरकारको आर्थिक मन्त्रालयसहितका अन्य मन्त्रालयलहरू अन्तिम तयारीमा जुटेका छन् । प्रदेश सरकारले संघीय सरकारबाट आगामी आर्थिक वर्षको लागि सशर्त अनुदानको १० अर्ब ६ करोड, विशेष अनुदान […]

गौतम बुद्ध विमानस्थलमा व्यावसायिक उडानका लागि निम्तो

कम्तीमा १० अर्ब रुपैयाँ खर्च गरेर ७४ वर्षपछि भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारीमा रहेको नेपालले विश्वभरका वायुसेवा कम्पनीलाई व्यवसायिक उडानका लागि निम्तो दिएको छ ।

आईपीओ जारी गर्ने तयारीमा रहेको हिमालयन रिइन्स्योरेन्सले कमायो करीब ५ करोड नाफा

मंसिर २३, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बिहीवार सार्वजनकि गरेको छ । उक्त विवरण अनुसार कम्पनीले उक्त अवधिसम्म रू. ४ करोड ७६ लाख ८० हजार खुद नाफा गरेको छ । अघिल्लो त्रैमासको अन्तिमसम्म कम्पनीले रू. ९४ लाख २६ हजार यो नाफा गरेको थियो । अघिल्लो त्रैमास अर्थात् असार मसान्तसम्मको तुलनामा असोज मसान्तसम्म कम्पनीको खुद नाफा ४०६ प्रतिशत वृद्धि भएको हो । अघिल्लो त्रैमाससम्म रू. २ करोड ३७ लाख ५७ हजार आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा रू. ७ करोड ९२ लाख ६५ हजार आम्दानी गर्न सफल भएको छ । खर्च रकम पनि अघिल्लो त्रैमाससम्ममा रू. १ करोड ४३ लाख ३१ हजार भएकोमा यो त्रैमाससम्म रू. ३ करोड १५ लाख ८४ हजार भएको छ । यस त्रैमाससम्ममा कम्पनीले रू. ८ करोड ८ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमाससम्ममा रू. २ करोड ३९ लाख २६ हजार थियो । अघिल्लो त्रैमाससम्म दाबी भुक्तानी नगरेको कम्पनीले यस त्रैमाससम्म रू. १ करोड ७ लाख १३ हजार खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब रहेको छ ।  कम्पनीले संस्थापकतर्फबाट मात्र उक्त रकम बराबरको पूँजी चुक्ता गरेको हो । सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गरी रू. १० अर्ब चुक्तापूँजी कायम गर्ने तयारी कम्पनीले गरेको छ । आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव कम्पनीले कात्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभामार्फत पारित गराइसकेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ५ करोड १८ लाख २७ हजार र बीमा कोष रकम रू. ४८ लाख १९ हजार छ ।

लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

काठमाडौं । लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कुल वार्षिक औसत ५ खर्ब ५८ अर्ब रूपैयाँ अपुग हुने समेत बताए । उक्त योजनमा कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवद्र्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने बताइएको छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ । परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । समारोहमा देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताउँदै विषम परिस्थितिमा लगानी बोर्डले लगानी भिœयाउन उल्लेख्य काम गरिरहेको बताए । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजीक्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताउँदै उनले निजीक्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकाले अब सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउनुपर्ने बताए । समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अब बोर्ड एक कदम अघि बढेर लगानीका उपयुक्त परियोजनासहित लगानीकर्तासमक्ष पुग्नुपर्ने बताए । सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘पीपीपी मोडलमा अर्काे एउटा ‘पी’ अर्थात् पिपुललाई थप्नुपर्छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउँदा निर्माण प्रक्रियामा अवरोध हुने र आयोजनाको लागतसमेत बढ्ने गरेको छ । त्यसैले लगानीको ‘थ्री पी’ मोडललाई ‘फोर पी’ मा परिणत गर्नुपर्छ ।’ नेपालमा उपलब्ध तुलनात्मक रूपमा सस्तो श्रम शक्ति र अथाह प्राकृतिक स्रोतसाधन नै मुख्य पूँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्पmत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रूपमा काम गर्नुपर्नेमा जोड दिए । लगानी बोर्डले १ दशकको अवधिमा आर्थिक विकास र समृद्धिका लागि ठूल/ठूला स्तरका लगानी भिœयाउन संस्थागत आधार तयार गरेको उल्लेख गर्दै उनले अब क्षेत्रीय साझेदारहरूसँगको लगानी सहभागितालाई सुदृढ गरी वैश्विक आर्थिक मञ्चबाट लाभ उठाउनुको प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा सार्वजनिक निजी साझेदारी व्यवस्थापनको मुख्य निकाय लगानी बोर्ड रहेको उल्लेख गर्दै निजीक्षेत्रलाई आकर्षित गर्न सहकार्य जरुरी रहेको बताइन् । बोर्डले पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । उनले भने, ‘पूर्वाधार विकासलाई तीव्ररूपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको छ, यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पूरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ ।’ एक दशक लामो अनुभवबाट परियोजना विकास, कार्यान्वयन तथा लगानीकर्ताका लागि सहजीकरणमा लगानी बोर्ड बलियो हुँदै गएको उनले बताए । कार्यक्रममा चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रूप चाइनाका प्रबन्ध निर्देशक ल्यू सु होङले नेपालमा झन्डै ४० अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको बताए । उनका अनुसार चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रूप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको छ । नेपालको एसएच इन्भेस्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको उनले जानकारी दिए । १० वर्षमा ८ खर्ब ३३ अर्बको लगानी स्वीकृत लगानी बोर्ड नेपालले १ दशक अवधिमा ८ खर्ब ३३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । ठूला परियोजनामा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलबाट लगानी जुटाउन २०६८ सालमा बोर्ड स्थापना गरिएको थियो । दशक अवधिमा बोर्डले २७ ओटा विभिन्न आयोजनाहरू स्वीकृत गरेको छ भने सातओटा ठूला आयोजना अघि बढाउन समझदारी सम्झौता (एमओयू) गरेको छ । यस्तै, दुईओटा परियोजना सम्झौता र दुईओटा लगानी सम्मेलन आयोजना गरेको छ । ठूला आयोजनाअन्तर्गत यस अवधिमा लगानी बोर्डबाट सहजीकरण गरिएको ३६० मिलियन अमेरिकी डलर (४३ अर्ब २० करोड रुपैयाँ) बराबरको चीन–नेपाल संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट कारखाना सञ्चालनमा आइसकेको छ । यसको दैनिक उत्पादन क्षमता ६ हजार टन रहेको छ । १४० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको ह्वासिन सिमेन्ट नारायणी सञ्चालन तयारीमा रहेको छ । यसको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ । १ खर्ब ४४ अर्ब रुपैयाँ अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको अरूण तेस्रो र १ खर्ब १६ अर्ब रुपैयाँ अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रोपावर प्रोजेक्टका लागि परियोजना विकास सम्झौता (पीडीए) भएको बोर्डले जानकारी दिएको छ । भारत र नेपालको संयुक्त लगानीमा बन्न लागेको अरूण तेस्रोको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र यो आयोजनाबाट सन २०२३ मा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था :

असार १७, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमवार (असार २१ गते) देखि ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन शुरु गर्ने भएको छ ।  कम्पनीले विद्युत् उत्पादन शुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले लगानीकर्तालाई कस्तो प्रतिफल देला भनेर पनि धेरै लगानीकर्ताको चासोको विषय भएको हो ।  सञ्चार माध्यमबाट कम्पनीले विद्युत् उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६७ कायम भएको छ । यस दिन कम्पनीको १ लाख १४ हजार ४७२ कित्ता शेयर खरीदविक्री भएको छ । एक महीना अगाडि पनि विद्युत् उत्पादन शुरु गर्ने हल्ला भएसँगै कम्पनीको उच्च शेयरमूल्य अर्थात् प्रतिकित्ता रू. ९३० सम्म पुगेको थियो । कम्पनी चालू आवको तेस्रो त्रैमाससमा भने रू. ३ करोड ५० लाख २८ हजार नोक्सानीमा रहेको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार नोक्सानी व्योहोरेको थियो । गत आवको तुलनामा भने नोक्सानी कमी भएको हो ।  कोभिड -१९ को असरले गर्दा आयोजना निर्माण अवधि र लागत बढ्दै गएको छ यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटही दर तथा अन्य व्ययभारले आयोजनाको लागत बढी भएको तर बिजुली विक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने जगेड कोष रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको दीर्घकालिन ऋण रू. ४० अर्ब ८ करोड रहेको तेस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव २० पुगेको छ ।

२१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने तयारीमा राष्ट्र बैंक

असार १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि रू. ११ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ असोज १२ गते परिपक्व हुनेछ ।  त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको अवधिको लागि रू. १० अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ पुस १३ गते परिपक्व हुनेछ । राष्ट्र बैंकका अनुसार यस ट्रेजरी बिल सोमवार दिउँसो ३ बजे बोलकबोल भएर मंगलवारदेखि विक्री हुनेछ ।

आईपीओ ल्याउने तयारीमा रहेको जीवन विकास लघुवित्तको यस्तो छ वित्तीय अवस्था :

असार १, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ ल्याउने तयारी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीले १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न जेठ ३० गते बोर्डबाट अनुमति पाएको हो ।  विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो  त्रैमासमा रू.२७ करोड २५ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ५६ करोड ३९ लाख ३९ नाफा कमाएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ५७ प्रतिशतले वृद्धि भएकाले र ५६ करोड ९६ लाख ९९ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब १८ करोड ३९ लाख सञ्चित गरेको छ ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० अर्ब १७ करोड १७ करोड ५५ लाख सापटी लिएर रू. ७ अर्ब ७७ करोड २७ लाख निक्षेप संकलन गरेर रू. २० अर्ब ७ करोड ७६ लाखभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीले हालसम्म १३८ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।