विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था :

असार १७, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमवार (असार २१ गते) देखि ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन शुरु गर्ने भएको छ ।  कम्पनीले विद्युत् उत्पादन शुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले लगानीकर्तालाई कस्तो प्रतिफल देला भनेर पनि धेरै लगानीकर्ताको चासोको विषय भएको हो ।  सञ्चार माध्यमबाट कम्पनीले विद्युत् उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६७ कायम भएको छ । यस दिन कम्पनीको १ लाख १४ हजार ४७२ कित्ता शेयर खरीदविक्री भएको छ । एक महीना अगाडि पनि विद्युत् उत्पादन शुरु गर्ने हल्ला भएसँगै कम्पनीको उच्च शेयरमूल्य अर्थात् प्रतिकित्ता रू. ९३० सम्म पुगेको थियो । कम्पनी चालू आवको तेस्रो त्रैमाससमा भने रू. ३ करोड ५० लाख २८ हजार नोक्सानीमा रहेको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार नोक्सानी व्योहोरेको थियो । गत आवको तुलनामा भने नोक्सानी कमी भएको हो ।  कोभिड -१९ को असरले गर्दा आयोजना निर्माण अवधि र लागत बढ्दै गएको छ यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटही दर तथा अन्य व्ययभारले आयोजनाको लागत बढी भएको तर बिजुली विक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने जगेड कोष रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको दीर्घकालिन ऋण रू. ४० अर्ब ८ करोड रहेको तेस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव २० पुगेको छ ।

सम्बन्धित सामग्री

तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर रू. १ अर्ब ६५ करोड नोक्सानीमा

जेठ २, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा रू. ३ करोड ५० लाख नोक्सानीमा रहेको उक्त कम्पनीको नोक्सानी चालू आवमा बढेर रू.१ अर्ब ६५ करोड पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् विक्री गरेर रू. ५ अर्ब १६ करोड आम्दानी गरेको गरेको वित्तीय विवरणमा उल्लेख छ । यस विषयमा कम्पनी र विद्युत् प्राधिकरण बीच आय गणनामा भएको भिन्नता र आयोजनाले प्राधिकरणलाई आपूर्ति गर्नुपर्ने डिसप्याच नभएको एवं विद्युत् खरीद सम्झौता अनुसार उत्पादन नभएकोले त्यसको असर नाफामा परेको वित्तीय विवरणमा उल्लेख छछ ।  यस्तै, कम्पनीले विद्युत् विक्री आयबाट रू.८३ करोड घटाइएकोले फागुन मसान्तसम्मको आय वापत रू. २ अर्ब ७६ करोड प्राप्त भएको भएको बताएको छ । कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ  । कम्पनीले जगेडा भने रू. २ अर्ब ७१ करोड ऋणात्मक रहेको छ । कम्पनीले गत भदौ २५ गतेबाट दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा जोडेर विद्युत् उत्पादन गरिरहेको छ ।

अपर तामाकोशी ८६ करोडभन्दा बढी नाफामा

कात्तिक ३०, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ८६ करोड १९ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म रू. १ करोड ७८ लाख १ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार गर्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट रू. १ अर्ब ७२ करोड ७७ लाख ५१ हजार विद्युत् विक्रीबाट आम्दानी गरेसँगै नाफा गर्न सफल भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्री गरेको थिएन ।२०७८ साल असारमा आयोजनाको निर्माण कार्य सम्पन्न भएपनि कम्पनीले साउन र भदौ महीनामा विद्युत् परिक्षण उत्पादन प्रक्रियामा रहेको थियो ।  गत भदौ ४ गतेदेखि चार ओटा युनिटबाट उत्पादित विद्युत् विक्री प्रारम्भ भई भदौ २५ गतेदेखि सम्पूर्ण छ ओटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणा जोडिएको थियो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम भने रू. २० करोड ८ लाख ९१ हजार ऋणात्मक रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव १ छ । यो पनि हेर्नुस् : विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था : तेस्रो त्रैमाससम्ममा अपर तामाकोशी हाइड्रोपावर साढे ३ करोड नोक्सानीमा अपर तामाकोशी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा अपर तामाकोशी ५ करोडभन्दा बढी घाटामा