१० अर्ब कर छुटसम्बन्धी मुद्दा : दुई सातादेखि निरन्तर सुनुवाइ, फैसला आउने तयारीमा

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माउपरका तीन मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । उनी कर फस्र्योट आयोगको सदस्यसमेत रहेका वेला गरेको भ्रष्टाचारसहितका मुद्दामा सुनुवाइ सकिएको छ भने...

सम्बन्धित सामग्री

खानी उत्खनन् मुद्दामा ९ सिमेन्ट उद्योगीलाई सफाई

अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानबाट भ्रष्टाचारको मुद्दा चलाइएका ९ सिमेन्ट उद्योगीले अदालतबाट सफाई पाएका छन् । भ्रष्टाचार मुद्दामा दाबी नपुगेको भन्दै विशेष अदालतका न्यायाधीशहरु रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार यस मुद्दामा विपक्षी बनाइएका सबैलाई सफाइ दिने फैसला सुनाएको हो । पछिल्लो एक सातादेखि विशेष […]

टाइमकार्डले सेवाग्राहीलाई सहज

डँडेलधुरा । जिल्ला प्रशासन कार्यालय डँडेलधुराले गत सातादेखि शुरू गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो । नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, संघसंस्था नवीकरण, दलित/जनजाति प्रमाणित, मुद्दा पेशी तथा तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको हो । आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । अशक्त, अपागंता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्राहीलाई प्राथमिकता दिनेगरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो सेवा दिन टाइमकार्ड लागू गरिएको प्रजिअ जोशीले बताए । टाइमकार्ड लागू भएपछि सामान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए । संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुगेका उनले समयमै सेवा पाएको बताए । टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिने कार्य भइरहेको छ । यस्तै प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखेर प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए । अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितका महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ । रासस

जोनी डेपले मुद्दा जिते, एम्बर हर्डले लगाएको आरोप झुटो ठहरियो

काठमाडौं : हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियन्सका चर्चित अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानी मुद्दा जितेका छन्।गत ६ सातादेखि लगातार चलिरहेको यी हलिउड स्टारहरूको मुद्दाले धेरैको ध्यान खिचेको थियो। सुनुवाइका क्रममा दुवैले एकअर्काप्रति शारीरिक तथा मानसिक दुर्व्यवहारका गम्भीर आरोप लगाएका थिए। दुवैका निजी जीवनका मसिना कुराहरू समेत मिडियामा छरपष्ट भएका थिए।बुधबार अदालतले एम्बरले पूर्वपतिको मानहानी गरेको ठहर्‍याउँदै १५ मिलियन डलर भुक्तान गर्नुपर्ने फैसला सुनाएको छ। १५ मिलियनमध