लगानी बोर्डको लक्ष्य : ५ वर्षमा १० अर्ब डलर लगानी

काठमाडौं । लगानी बोर्डले आगामी ५ वर्षमा १० अर्ब अमेरिकी डलर लगानी भित्र्याउने लक्ष्य लिएको छ । बोर्डले आगामी ५ वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक–निजी–साझेदारी (पीपीपी)का परियोजना व्यवस्थापन गर्ने लक्ष्यसहितको रणनीतिक योजना बुधवार सार्वजनिक गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औं वार्षिकोत्सव समारोहमा लक्ष्यसहितको योजना सार्वजनिक गरे । समारोहलाई सम्बोधन गर्दै देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न कुल वार्षिक औसत ५ खर्ब ५८ अर्ब रूपैयाँ अपुग हुने समेत बताए । उक्त योजनमा कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवद्र्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने बताइएको छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ । परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । समारोहमा देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताउँदै विषम परिस्थितिमा लगानी बोर्डले लगानी भिœयाउन उल्लेख्य काम गरिरहेको बताए । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजीक्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताउँदै उनले निजीक्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकाले अब सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउनुपर्ने बताए । समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अब बोर्ड एक कदम अघि बढेर लगानीका उपयुक्त परियोजनासहित लगानीकर्तासमक्ष पुग्नुपर्ने बताए । सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘पीपीपी मोडलमा अर्काे एउटा ‘पी’ अर्थात् पिपुललाई थप्नुपर्छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउँदा निर्माण प्रक्रियामा अवरोध हुने र आयोजनाको लागतसमेत बढ्ने गरेको छ । त्यसैले लगानीको ‘थ्री पी’ मोडललाई ‘फोर पी’ मा परिणत गर्नुपर्छ ।’ नेपालमा उपलब्ध तुलनात्मक रूपमा सस्तो श्रम शक्ति र अथाह प्राकृतिक स्रोतसाधन नै मुख्य पूँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्पmत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रूपमा काम गर्नुपर्नेमा जोड दिए । लगानी बोर्डले १ दशकको अवधिमा आर्थिक विकास र समृद्धिका लागि ठूल/ठूला स्तरका लगानी भिœयाउन संस्थागत आधार तयार गरेको उल्लेख गर्दै उनले अब क्षेत्रीय साझेदारहरूसँगको लगानी सहभागितालाई सुदृढ गरी वैश्विक आर्थिक मञ्चबाट लाभ उठाउनुको प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा सार्वजनिक निजी साझेदारी व्यवस्थापनको मुख्य निकाय लगानी बोर्ड रहेको उल्लेख गर्दै निजीक्षेत्रलाई आकर्षित गर्न सहकार्य जरुरी रहेको बताइन् । बोर्डले पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । उनले भने, ‘पूर्वाधार विकासलाई तीव्ररूपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको छ, यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पूरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ ।’ एक दशक लामो अनुभवबाट परियोजना विकास, कार्यान्वयन तथा लगानीकर्ताका लागि सहजीकरणमा लगानी बोर्ड बलियो हुँदै गएको उनले बताए । कार्यक्रममा चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रूप चाइनाका प्रबन्ध निर्देशक ल्यू सु होङले नेपालमा झन्डै ४० अर्ब लगानी गरेर सिमेन्ट उत्पादन थालेको बताए । उनका अनुसार चिनियाँ कम्पनी होङ्सी होल्डिङ ग्रूप चाइनाले नेपालमा थप लगानी गर्न चाहेको छ । नेपालको एसएच इन्भेस्टमेन्ट लिमिटेडसँग सहकार्य गरी होङ्सी होल्डिङको दोस्रो फेज र दाङ सिमेन्ट परियोजना विकास गर्न आफू अघि बढेको उनले जानकारी दिए । १० वर्षमा ८ खर्ब ३३ अर्बको लगानी स्वीकृत लगानी बोर्ड नेपालले १ दशक अवधिमा ८ खर्ब ३३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । ठूला परियोजनामा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलबाट लगानी जुटाउन २०६८ सालमा बोर्ड स्थापना गरिएको थियो । दशक अवधिमा बोर्डले २७ ओटा विभिन्न आयोजनाहरू स्वीकृत गरेको छ भने सातओटा ठूला आयोजना अघि बढाउन समझदारी सम्झौता (एमओयू) गरेको छ । यस्तै, दुईओटा परियोजना सम्झौता र दुईओटा लगानी सम्मेलन आयोजना गरेको छ । ठूला आयोजनाअन्तर्गत यस अवधिमा लगानी बोर्डबाट सहजीकरण गरिएको ३६० मिलियन अमेरिकी डलर (४३ अर्ब २० करोड रुपैयाँ) बराबरको चीन–नेपाल संयुक्त लगानीको होङसी शिवम् सिमेन्ट कारखाना सञ्चालनमा आइसकेको छ । यसको दैनिक उत्पादन क्षमता ६ हजार टन रहेको छ । १४० मिलियन अमेरिकी डलर बराबरको चीन–नेपाल संयुक्त लगानीको ह्वासिन सिमेन्ट नारायणी सञ्चालन तयारीमा रहेको छ । यसको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ । १ खर्ब ४४ अर्ब रुपैयाँ अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको अरूण तेस्रो र १ खर्ब १६ अर्ब रुपैयाँ अनुमानित लागतसहित ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रोपावर प्रोजेक्टका लागि परियोजना विकास सम्झौता (पीडीए) भएको बोर्डले जानकारी दिएको छ । भारत र नेपालको संयुक्त लगानीमा बन्न लागेको अरूण तेस्रोको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र यो आयोजनाबाट सन २०२३ मा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो । मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको […]

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१७ असोज, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १८ साउन बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८८ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १८ असोजमा र निष्कासन १९ असोजमा हुनेछ । ऋणपत्रको ब्याजदर […]

१० अर्ब आन्तरिक ऋण उठाइँदै

८ भदौ, काठमाडौं । नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २८ साउनमा र निष्कासन ११ भदौमा हुनेछ । ऋणपत्रको ब्याजदर […]

कृषि उत्पादन बढाउन १० अर्ब

कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब लाग्ने

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। हाल निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र बनाएको आयोगले निर्वाचनको खर्च १० अर्ब लाग्ने जनाएको हो। यस्तै, आयोगले निर्वाचनका लागि…

विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने

विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो । बुधबार एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै अर्थसचिव मरासिनीले यस सहयोगले मुलुकक

साढे १० अर्ब खर्च गर्न सकेन सुदूरपश्चिम सरकारले

चालू आव सुदूरपश्चिम प्रदेश सरकारले करिब साढे १० अर्ब बजेट खर्च गर्न सकेन । चालू र पुँजीगत गरी सरकारको १० अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च हुन नसकेको हो । यस...

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ ।...

पहिलो महिना साढे १० अर्ब खर्च

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो महिनामा संघीय सरकारले १० अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । सरकारले चालु वर्षको पहिलो एक महिनामा १० अर्ब ४९ करोड रुपैयाँ अर्थात् ०.६४ प्रतिशत रकम मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।सो रकम गत आर्थिक वर्ष २०७७-०७८ को तुलनामा झण्डै ५ गुणाले बढी हो । […]

सरकारले थप १० अर्ब रुपैयाँ ऋण उठाउँदै

सरकारले थप १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र खुला गर्ने भएको हो ।