आइपीओ ल्याउँदै गरेको रिलायन्स स्पिनिङ मिल्सको कारोबार एकैवर्ष करिब सवा १० अर्ब

काठमाडौं। प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले एकैवर्ष १० अर्ब १० करोड ४० लाख रुपैयाँको कारोबार

सम्बन्धित सामग्री

माघ १० देखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्रीका लागि छुट्याएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा विक्री गर्नेछ ।  सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत आईपीओ विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।  योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको छ । तोकिएको मूल्य सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तामा पूर्णरूपमा विक्री हुँदा कायम मूल्य कट अफ मूल्यमा १० प्रतिशत घटाएर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । बाँकी ६० प्रतिशत दरको आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले पुनः नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मात्र आईपीओ विक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने यो कम्पनी दोस्रो नम्बरमा छ । यसअघि यो विधिबाट सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ । २०५२ भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागो उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।  कम्पनीको अध्यक्षमा पवन गोल्यान छन् । यो कम्पनी नाफामै सञ्चालनमा छ । गत आर्थिक वर्षसम्म ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको पहिलो आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ ।

जगदम्बा स्टिलसहित ३ उत्पादनमूलक कम्पनी आईपीओ निष्कासन प्रक्रियामा

१० पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टपछि अरू ३ उत्पादनमूलक कम्पनीले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाएका छन् । जगदम्बा स्टिलसहित उत्पादनमूलक ३ कम्पनी प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रियामा रहेका हुन् । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स र एसवाई प्यानल नेपाल आईपीओ निष्कासनका लागि केही महिनादेखि नै बोर्डको पाइपलाइनमा छन् । यी ३ बाहेक […]

अर्बभन्दा बढी महसुल नतिरेका ४ उद्योगको काटियो बिजुली

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापतको अर्बौं विद्युत् महसुल नतिरेका ४ उद्योगको बिजुली आज (शुक्रवार) साँझदेखि काटेको छ।प्राधिकरणका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ।प्राधिकरणका अनुसार जगदम्बाले नै ४ अर्ब १४ करोड रुपैयाँ महसुल तिर्न बाँकी छ। रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टले १ अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ। प्राधिकरणका अनुसार अर्घाख

बक्यौता नतिरेका चार ठूला उद्योगको लाइन काटियो

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार ठूला उद्योगको लाइन काटेको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ । […]

कोरोना खोपको व्यवस्था गर्न उद्योगीको माग

सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।उद्योगधन्दा सञ्चालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गरे ।उनले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा […]

तत्काल खोप दिन सुनसरीका उद्योगीको माग

काठमाडौं, साउन १९ । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेका हुन । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले मुलुकभित्र रोजगारी सृजन गर्ने उद्योगका […]