असार १, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ ल्याउने तयारी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीले १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न जेठ ३० गते बोर्डबाट अनुमति पाएको हो ।
विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू.२७ करोड २५ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ५६ करोड ३९ लाख ३९ नाफा कमाएको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ५७ प्रतिशतले वृद्धि भएकाले र ५६ करोड ९६ लाख ९९ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब १८ करोड ३९ लाख सञ्चित गरेको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० अर्ब १७ करोड १७ करोड ५५ लाख सापटी लिएर रू. ७ अर्ब ७७ करोड २७ लाख निक्षेप संकलन गरेर रू. २० अर्ब ७ करोड ७६ लाखभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीले हालसम्म १३८ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।