शुल्क उठाउन विद्यालय खुला गरिएको हैनः प्यासन अध्यक्ष

काठमाडौं। प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले शुल्क उठाउन निजी विद्यालय बन्द नगरिएको भन्ने आरोप निराधार भएको बताएका छन्। पहिलेभन्दा बालबालिकाका लागि खतरनाक भनिएको कोरोनाको दोस्रो लहर चलिरहँदा विद्यालय बन्द नगरेकोमा आलोचना भइरहेको छ। सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिएको दाबी गर्दै उनले सरकारले बन्द गर्न आग्रह गरेमा बन्द गर्न तयार रहेको बताए।

सम्बन्धित सामग्री

अख्तियारबाटै पीडित विद्यालय व्यवस्थापन पदाधिकारी

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थीबाट सङ्कलन गरिएको सामान्य शुल्कको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दुःख दिने कार्य भएको सुर्खेतका सामुदायिक विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । विद्यालयमा गुणस्तरीय शिक्षा सञ्चालनका लागि समस्या भएपछि सामान्य रूपमा अभिभावकबाट शुल्क असुल गरिएका विषयमा अख्तियारमा उजुरी दिइने र पटक पटक बयानका लागि बोलाएर दुःख दिएको गुनासो विद्यालय व्यवस्थापन समितिको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ कर्णाली प्रदेशले आइतबार सुर्खेतमा गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालय व्यवस्थापन समितिको भूमिका विषयक अन्तर्क्रिया आयोजना गरेको थियो । सो कार्यक्रमका सहभागीले देशभरका सामुदायिक विद्यालय अख्तियारमा धाउँदा धाउँदा हैरानी खेप्नु परेको गुनासो गरेका हुन् । महासङ्घका कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले शुल्क उठाइएको विषयमा उजुरी परेपछि आफूहरू पटक पटक अख्तियार धाउँदा हैरानी खेप्नु परेको बताउनुभयो ।

प्रवेश परीक्षाका नाममा शुल्क लिए सामुदायिक विद्यालयलाई कारबाही गर्ने

बुटवल। बुटवल उपमहानगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न निर्देशन दिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई यस्तो निर्देशन दिनुभएको छ ।मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय […]

वीरगञ्जमा संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारणको विरोध

२६ मंसिर, वीरगञ्ज। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले वीरगञ्ज महानगरको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण नियम विपरीत रहेको भन्‍दै आपत्ति जनाएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्तर तथा शुल्क निर्धारणप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । एनप्याब्सन पर्साका अध्यक्ष राम […]

आठराइ त्रिवेणीमा सात जना विद्यार्थीले पाए उच्च शिक्षा अध्ययनको छात्रवृति

गाउँपालिकाले पालिकाभरीका ७ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृतिको समेत व्यवस्था गरेको छ भने कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको शुल्क आफूले व्यहोर्न थालेको छ। गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका भित्र कक्षा १...

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

म्याग्दी । मुख्य आयस्रोतको रूपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोनाको महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताए । ‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको थियो,’ उनले भने, ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिनेगरी भुक्तानी गरिएको छ ।’      गतवर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए ।      मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् । प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो । २०६५ सालदेखि निमावि र २०६९ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ चैतदेखि बन्द भएको तातोपानी कुण्ड २०७७ माघ १ गतेदेखि खोलिएकोमा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघदेखि बन्द छ । आर्थिक वर्ष २०७६/७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट एक करोड २१ लाख आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा ४० लाख आम्दानी गरेको छ । समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गतवर्ष ६ हजार जनाले स्नान गरेकोमा चालू आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सयजना मात्र आएको बताए । रू. ३५० तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । रासस

अभिभावकलाई बन्दका बेलाको पनि शुल्क तिर्न विद्यालयको आग्रह

काठमाडौं : विद्यालय सञ्चालकहरूले लकडाउनको समयमा पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन्। आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो। प्याब्सनका अध्यक्ष टीकाराम पुरीले नी...

निजी विद्यालयकाे आग्रह : बैशाखदेखिकै शुल्क बुझाउनुहाेला

काठमाडौं । निजी विद्यालय लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ …

भर्ना शुल्क नबढाउन बुटवल उपमहानगरको निर्देशन

बुटवल उपमहानगरपालिकाले भर्ना शुल्क वृद्धि नगर्न बुटवलका विद्यालयहरूलाई निर्देशन दिएको छ । मङ्गलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन जोड दिँदै भर्ना शुल्क नबढाउन निर्देशन दिएको हो ।

निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन : प्याब्सन अध्यक्ष साम्बाहाम्फे

२० वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेकाले निजी विद्यालयको शुल्क वृद्धि फिर्ता नहुने जनाएका हुन् । 'हामीले नियम र नीति मानेका …