तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

म्याग्दी । मुख्य आयस्रोतको रूपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोनाको महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताए । ‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाखका दरले सहयोग गर्दै आएको थियो,’ उनले भने, ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिनेगरी भुक्तानी गरिएको छ ।’      गतवर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए ।      मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् । प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो । २०६५ सालदेखि निमावि र २०६९ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ चैतदेखि बन्द भएको तातोपानी कुण्ड २०७७ माघ १ गतेदेखि खोलिएकोमा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघदेखि बन्द छ । आर्थिक वर्ष २०७६/७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट एक करोड २१ लाख आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ मा ४० लाख आम्दानी गरेको छ । समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गतवर्ष ६ हजार जनाले स्नान गरेकोमा चालू आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सयजना मात्र आएको बताए । रू. ३५० तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । प्राकृतिक उपचारस्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । रासस

सम्बन्धित सामग्री

तातोपानी कुण्ड बन्द हुँदा स्कुल चलाउनै समस्या

म्याग्दी- मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरुले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना (भाइरस)को महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय […]

५ महीनापछि खुले म्याग्दीका शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्र

असोज ३, म्याग्दी । कोरोना संक्रमणका कारण विगत पाँच महीनादेखि बन्द रहेका म्याग्दीका शैक्षिक, धार्मिक र पर्यटकीय क्षेत्रहरु खुलेका छन् । यी क्षेत्रहरु खुलेसँगै बजारको रौनक बढेको छ थलिएका व्यापार व्यावसाय, शिक्षण र पर्यटकीय क्षेत्रहरु पुरानै लयमा फर्किन थालेका छन् । शुक्रवारदेखि जिल्लाका शिक्षण संस्था, धार्मिक, पर्यटकीय क्षेत्र र प्राकृतिक चिकित्सालय अर्थात् तातोपानी कुण्डहरु खुला गरिएको छ । कोभिड-१९ को संक्रमणका कारण बन्द गरिएको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड पनि शुक्रवारदेखि नै खुला गरिएको हो । शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्रहरु खुला गरिए पछि जिल्लामा चहलपहल बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।  म्याग्दीमा कोरोना संक्रमण दर घटेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी विद्यालय,तातोपानी कुण्ड र धार्मिक क्षेत्र खुला गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार यी क्षेत्रहरु खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । डीसीसीएमसी बैठकको निर्णयअनुसार म्याग्दीका सबै पालिकामा रहेका विद्यालय फेरि सञ्चालनमा आएका छन् । गएको वैशाख तेस्रो हप्तादेखि म्याग्दीका विद्यालय बन्द भएका थिए भने वैशाख २३ गतेदेखि लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालय सञ्चालन गरिएको छ । तातोपानी कुण्ड पनि खुल्यो प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगा तातोपानीमा अवस्थित तातोपानी कुण्ड पनि शुक्रवारदेखि पुनः खुला गरिएको छ । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो हप्तादेखि बन्द गरिएको तातोपानी कुण्ड डीसीसीएमसी बैठकको निर्णयअनुसार सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जानकारी दिएको छ ।  तातोपानी कुण्डको कुल क्षमताको आधारमा तत्कालका लागि ५० प्रतिशतलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताए । अहिले म्याग्दीका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १० दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डमा पुगेर स्नान गर्न पाउने छन् ।  मठमन्दिर र देवालयहरुमा जान थाले भक्तजन कोरोना संक्रमणको दर घट्दै जान थालेपछि म्याग्दीका मठ मन्दिर, देवालय, चर्च र मस्जिदहरुमा भक्तजनहरु जान थालेका छन् । शुक्रवारदेखि धार्मिक क्षेत्र पनि खुला गरिएपछि दोस्रो पशुपतिनाथका नामले चिनिएको म्याग्दीको गलेश्वर धाम, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका धार्मिक क्षेत्रहरुमा भक्तजनहरु पुगेर दर्शन तथा पूजाआजा गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्र पनि स्वास्थ्य मापदण्डसहित धेरै भिडभाड नहुने गरी खुला गरिएको छ ।   शिक्षण संस्था, धार्मिक र पर्यटकीय क्षेत्र खुला भएसँगै बजारमा पनि चहलपहल बढेको छ । पर्यटकीय स्थलहरुमा पनि बढ्यो चलहपहल : लयमा फर्किदै व्यवसायी जिल्लाका पर्यटकीयस्थलहरु खुल्न थालेपछि व्यवसायीहरु पनि उत्साहित भएका छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि बन्द भएका पर्यटकीय क्षेत्रहरु शुक्रवारदेखि खुला गरिएको हो ।  कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो ।  प्रशिद्ध पर्यटकीय स्थलघोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, लभ्लीहिल लगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ ।

पाँच महिनापछि खुले म्याग्दीका विद्यालय, तातोपानी कुण्ड र धार्मिक क्षेत्र

म्याग्दी – कोरोना भाइरस सङ्क्रमणका कारण गएको पाँच महिनादेखि बन्द म्याग्दीका विद्यालय, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र आज शुक्रवारदेखि खुलेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको हो ।  सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय खुलाउने निर्णय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । म्याग्दीमा कोरोना स...

म्याग्दीमा असोज १ गतेदेखि विद्यालय खुल्ने

कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गत वैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था र तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो ।      प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सूक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय र तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिए । ...