पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन् ।        

सम्बन्धित सामग्री

स्याङ्जामा पर्यटन पूर्वाधारका ४५ योजना सञ्चालन

वालिङ– स्याङ्जामा चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी ४५ योजना सञ्चालनमा रहेका छन् । गण्डकी प्रदेश सरकारले स्याङ्जाका ४५ योजना निर्माणका लागि बजेट विनियोजन गरेसँगै पर्यटन पूर्वाधार निर्माण थालिएको हो । जिल्लाका ११ वटै पालिकामा न्यूनतम पाँच लाखदेखि अधिकतम २० लाखसम्म बजेट विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। यहाँका […]

पर्यटन प्रवर्द्धन गर्न मठ मन्दिर र गुम्बामा बजेट

जाजरकोट– पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद्बाटै मठमन्दिर, गुम्बा र चर्चमा बजेट विनियोजन नगर्ने निर्णय गरेपनि त्यसपछि बनेका सरकारले त्यो निर्णय लत्याउँदै कुल देउताका मन्दिर, चर्च र गुम्बामा बजेट विनियोजन गर्दै आएका छन् । प्रदेश सरकारले विभिन्न देवी, देवताका मठ मन्दिरदेखि चर्च र गुम्बासम्म निर्माण गर्न ठूलो रकम विनियोजन गरेको छ । दैलेखमा मोष्टो, मन्दिर र चर्च […]

पर्यटन मन्त्रालयद्धारा स्याङ्जामा ६ करोड बजेट विनियोजन

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो । स्याङ्जाका जिल्लाका ११ पालिका मध्ये फेदीखोला गाउँपालिका बाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न […]

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट

काठमाडौँ – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्।

मधेश प्रदेश सरकारको घोषणा : ठोरी पर्यटन क्षेत्र

पर्सा : मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ। ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरि

विराटनगर विमानस्थल : संघीय बजेट विनियोजन नहुँदा विस्तारमा ढिलाइ

विराटनगर । संघीय सरकारले बजेट विनियोजन नगर्दा विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने काममा ढिलाइ भएको छ । आर्थिक वर्ष २०७७÷२०७८ मै विमानस्थलको स्तरोन्नतिका लागि केन्द्र सरकारले ८ अर्ब निकासी गर्नुपर्नेमा सो नगरेकाले प्रदेश सरकारले छुट्ट्याउनुपर्ने ७ अर्ब र विराटनगर महानगरपालिकाले छुट्याउनुपर्ने २ अर्ब रुपैयाँ बजेट छुट्याएनन् । यही कारण अधिग्रहणका लागि डेढ वर्षदेखि रोक्का राखेको स्थानीयको जमिनको मुआब्जा वितरण हुन सकेन । अहिले भने प्रदेश १ सरकार र विराटनगर महानगरपालिका विमानस्थलको स्तरोन्नतिका लागि आफ्नो भागमा परेको बजेट विनियोजन गर्न राजी भएका छन् । संघीय सरकारले बजेट विनियोजन नगर्दा सुस्त बनेको विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले बजेट छुट्याएर काम अघि बढाउने प्रतिबद्धता मुख्यमन्त्री राजेन्द्र राई र महानगर प्रमुख भीम पराजुलीबाट आएको हो । महानगर प्रमुख पराजुलीले विराटनगर विमानस्थल कुनै पनि हालतमा विराटनगरभन्दा बाहिर नजाने भन्दै महानगरको जिम्मा रहेको २ अर्ब रुपैयाँ आउने आर्थिक वर्षमा विनियोजन गरी विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने बताए ।  यस्तै मुख्यमन्त्री राईले तीन तहका सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौताअनुसारको काम अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । प्रदेश सरकारले विमानस्थलको स्तरोन्नतिका लागि खर्च हुन नसकेको चालू आवको बजेट पनि लगाउन सक्ने उनले बताए । सरकारले खर्च गर्न नसकेको रकम विराटनगर विमानस्थलका लागि उपलब्ध गराउनुपर्ने मुख्यमन्त्री राईले हालै आयोजित एक कार्यक्रममा बताएका हुन् । त्यसका लागि संघीय सरकारमार्फत उपलब्ध गराउन आफूले पहल गर्ने दाबी समेत उनले गरे । क्षेत्रीय विमानस्थल आवश्यक रहेकाले सरकारले योजना अघि बढाएको भन्दै मुख्यमन्त्री राईले संघले ५० प्रतिशत बजेट उपलब्ध गराएपछि प्रदेशले ४० प्रतिशत बजेट विनियोजन गर्ने बताए । ८ हजार मिटर भन्दा माथिका पाँचओटा हिमाल रहेको प्रदेश १ ले पर्यटन क्षेत्रबाट अपेक्षाकृत लाभ लिन नसकेको सन्दर्भमा उनले ‘माउन्टेन फ्लाइट’को सुविधा विराटनगर विमानस्थललाई दिइनुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले स्थानीयको जग्गा रोक्का राखेर मुआब्जाको सूचना जारी भइसक्दा पनि बजेट विनियोजन नहुँदा दबाब थेग्नुपर्ने अवस्था आएको बताए । सम्झौता अनुसार संघले ५० प्रतिशत र प्रदेशले ४० प्रतिशत बजेट विनियोजन गरे विराटनगर महानगरपालिकाले १० प्रतिशत बजेट उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे । तीन सरकारको संयुक्त लगानीमा विस्तार गर्ने सम्झौता भएर जग्गा प्राप्तिको प्रक्रिया बढे पनि बजेट अभावले विस्तारको काम अघि बढ्न नसकेको हो । २०२५ सालमा स्थापना भएको विराटनगर विमानस्थल आन्तरिक विमानस्थलमध्ये पुरानो मानिन्छ । १ हजार ५०० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थललाई विस्तार गरेर ३ हजार लम्बाइ र ३० मिटर चौडाइको बनाउने गुरुयोजना तयार भइसकेको छ ।

सुदूरपश्चिमका ११ विमानस्थलका लागि अर्बौं बजेट विनियोजन

काठमाडौं : सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ।कैलालीको गेटा र टीकापुर, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि एक अर्ब, टीकापुरका लागि दुई करोड, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि  ६ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई

सुदूरपश्चिमका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि १ अर्बभन्दा बढी बजेट विनियोजन

पुस १२,  बैतडी  । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुदूरपश्मि प्रदेशका विभिन्न विमानस्थलको लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।  पर्यटन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतवार बसेको बैठकबाट विमानस्थलको सुदृढिकरण, सम्भाव्यता अध्ययन र स्तरोन्नतिको लागि १ अर्ब ३२ करोड १२ लाख ५९ हजार ३६२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  बैठकले धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नको लागि १ अर्ब रुपैयाँ, डोटी विमानस्थलको २५० मिटर धवनमार्ग थप गर्न, टर्मिनल टावर बनाउन र जमिन अधिग्रहणको लागि १८ करोड ६१ लाख ४७ हजार १०० रुपैयाँ र साफेवगर विमानस्थलको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  त्यस्तै, कमलवजार विमानस्थल र महेन्द्रनगर विमानस्थल सुदृढीकरणको लागि क्रमशः ३ कारोड, २ करोड ५१ लाख ३२ हजार ७४३ रुपैयाँ र  बैतडीको पाटनस्थित बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपैयाँ बजेट विनियोजन भएको छ । बहुबर्षीय आयोजना अन्तर्गत सो बजेट विनियोजन भएको हो ।  दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार ६७२रुपैयाँ,  बझाङ विमानस्थलको लागि १२ लाख ९९ हजार २०० रुपैयाँ, बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार ३००रुपैयाँ र डडेल्धुरा विमानस्थलको सम्भाव्यता अध्ययनको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पर्यटन विकासमा ८३ करोड ३८ लाख बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ। यो रकमबाट मुन्धुम ट्रेल, पदमार्गलगायतका पूर्वाधार निर्माण गरिने भएको छ। त्यस्तै जल पर्यटन, साहसीक खेलकुद, पर्यटन, हिमाली पदमार्ग, पर्यटन सूचना केन्द्र निर्माण लगायतका कार्य गरिने बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९  योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।  नागरिक उड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रालयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको व