पर्यटन विकासमा ८३ करोड ३८ लाख बजेट

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ। यो रकमबाट मुन्धुम ट्रेल, पदमार्गलगायतका पूर्वाधार निर्माण गरिने भएको छ। त्यस्तै जल पर्यटन, साहसीक खेलकुद, पर्यटन, हिमाली पदमार्ग, पर्यटन सूचना केन्द्र निर्माण लगायतका कार्य गरिने बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।