संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ । नागरिक उड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रालयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको व