सुदूरपश्चिमका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि १ अर्बभन्दा बढी बजेट विनियोजन

पुस १२,  बैतडी  । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुदूरपश्मि प्रदेशका विभिन्न विमानस्थलको लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।  पर्यटन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतवार बसेको बैठकबाट विमानस्थलको सुदृढिकरण, सम्भाव्यता अध्ययन र स्तरोन्नतिको लागि १ अर्ब ३२ करोड १२ लाख ५९ हजार ३६२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  बैठकले धनगढी विमानस्थललाई क्षेत्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नको लागि १ अर्ब रुपैयाँ, डोटी विमानस्थलको २५० मिटर धवनमार्ग थप गर्न, टर्मिनल टावर बनाउन र जमिन अधिग्रहणको लागि १८ करोड ६१ लाख ४७ हजार १०० रुपैयाँ र साफेवगर विमानस्थलको लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  त्यस्तै, कमलवजार विमानस्थल र महेन्द्रनगर विमानस्थल सुदृढीकरणको लागि क्रमशः ३ कारोड, २ करोड ५१ लाख ३२ हजार ७४३ रुपैयाँ र  बैतडीको पाटनस्थित बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपैयाँ बजेट विनियोजन भएको छ । बहुबर्षीय आयोजना अन्तर्गत सो बजेट विनियोजन भएको हो ।  दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार ६७२रुपैयाँ,  बझाङ विमानस्थलको लागि १२ लाख ९९ हजार २०० रुपैयाँ, बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार ३००रुपैयाँ र डडेल्धुरा विमानस्थलको सम्भाव्यता अध्ययनको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

सम्बन्धित सामग्री

दुई करोड थप बजेट विनियोजन

रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटलाई विभिन्न योजनामा बजेट विनियोजन गरेको हो । गाउँसभाले बृहत घोप्टेखोला र बृहतचिम खोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत […]

कर्णालीमा फोहोरबाट विद्युत निकाल्न बजेट विनियोजन

यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।...

टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि बजेट विनियोजन

दाङको तुलसीपुरस्थित टारिगाउँ एयरपोर्ट स्तरोन्नतीका लागि बजेट विनियोजन भएको छ । आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तार गर्न टरिगाउँ एयरपोर्टसहित डडेलधुरा, बागलुङ, टिकापुर, चौरजहारी, टिकापुर, उदयपुरलगायतको हवाई सेवा...

समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग

पोखरा-गण्डकी प्रदेशका ११ वटै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको बजेट सम्बन्धि छलफलम प्रदेश सांसदहरुले चालु आर्थिक वर्षमा असमान ढंगले बजेट विनियोजन भएकोमा गुनासो गर्दै आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग गरेका हुन् ।सांसदहरुले क्रमागत तथा प्रदेशका रणनीतिक एवं गौरवका […]

गाउँसभाबाट बजेट विनियोजन

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको १४औं गाउँसभाट थप दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको हो ।वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग भएका क्रमागत योजनाका लागि उक्त बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिए । उनका […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट विनियोजन

प्रदेश सभा सदस्यहरुले विनियोजन गर्ने निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत लमजुङका दुवै निर्वाचन क्षेत्रको योजना छनौट र बजेट विनियोजन भएको छ । निर्धारित समय भन्दा झण्डै दुई महिना ढिलाई गरेर बजेट विनियोजन भएको हो ।गण्डकी प्रदेश सभा सदस्यहरुले मंसिर महिनाको पहिलो साताभित्रै योजना छनौट गरी बजेट विनियोजन गर्नुपर्नेमा माघ लागेपछि मात्रै छनौट भएका योजना तथा बजेट […]

नगरसभाबाट बजेट विनियोजन

बेनी नगरपालिकामा आयोजित १०औं नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ । बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई आठ लाख रुपैयाँका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई आठ लाखका दरले सो बजेट विनियोजन गर्दै पारित […]

बजेट विनियोजन भएको दुई सातामै योजना सम्पन्न

मनाङमा बजेट विनियोजन गरेको दुई साता नबित्दै एउटा योजना सम्पन्न भएको छ । मनाङ प्रदेश सभा खतर्फको स्थानीय पूर्वाधार विकास बजेट विनियोजन भएको दुई साता नबित्दै नासोङमा अस्थायी पुल निर्माण सम्पन्न भएको हो ।प्रदेश सभाका लागि मनाङ ‘ख’ बाट निर्वाचित सांसद चिन्ताबहादुर घलेले नासोङ गाउँपालिका–१, अन्तर्गत सिरानतालमा काठेपुल निर्माणका लागि दुई लाख विनियोजन गरेका थिए […]

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८/७९  योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।  नागरिक उड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रालयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको व

निर्वाचनलाई पनि बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो कात्तिकमा हुने निर्वाचनलाई चाहिने बजेट विनियोजन गरेको बताएका छन्। उनले आज पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनका लागि बजेट विनियोजन गरिएिको जानकारी दिएका हुन्। भने, ‘हामीले निर्वाचनलाई बजेट नछुट्याएको भन्ने समाचार देखियो। तर त्यस्तो होइन।’