वैशाख महीनामा २० करोडभन्दा बढी पूँजीगत लाभकर संकलन

जेठ १७, काठमाडौं । वैशाख महीनामा मात्र सरकारले धितोपत्र बजारबाट रू. २० करोड ३० लाख ४१ हजार पूँजीगत लाभकर संलकन गरेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार वैशाख महीनामा अल्कालिन लगानीकर्ताहरूबाट रू. ९ करोड ३८ लाख २३ हजार र दीर्घकालिन लगानीकर्ताहरूबाट रू. १० करोड ९२ लाख १८ हजार पूँजीगत लाभकर संकलन भएको हो ।  पछिल्लो समय धितोपत्र बजारबाट संकलन हुने पूँजीगत लाभकर घट्दै गएको अवस्था छ । बजार निरन्तर घटीरहेको र कारोबार रकम कम भएको अवस्थामा सरकारको पूँजीगत लाभकरमा पनि कमी आएको हो । चैत मसान्तसम्म २ हजार ४१५ दशमलव २४ विन्दुमा रहेको नेप्से परिसूचक वैशाख मसान्तसम्म २ हजार ३५० दशमलव ४२ विन्दुसम्म झरेको थियो ।  धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर दीर्घकालिन र  अल्कालिन लगानीकर्ताका लागि छुट्टा छुट्टै गणना गरिने व्यवस्था यसै आर्थिक वर्षदेखि लागू भएको हो । सरकारले गत चालू आर्थिक वर्षदेखि लागू हुने गरी व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक फरक पूँजीगत लाभकर लागू गरेको हो ।  यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन । दीर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप सरकारले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो ।  धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको छ ।  विगत १० आर्थिक वर्षको पूँजीगत लाभकर संकलनको अवस्थालाई फर्केर हेर्दा आर्थिक वर्ष ०७७÷७८ मा सरकारले सबैभन्दा बढी रू. १५ अर्ब ५४ करोड पूँजीगत लाभकर संकलन गरेको देखिन्छ ।

सम्बन्धित सामग्री

फागुनमा ५३ करोडले घट्यो पूँजीगत लाभकर

काठमाडौं । फागुनमा धितोपत्रको दोस्रो बजारबाट संकलन हुने पूँजीगत लाभकर अघिल्लो महीनाको तुलनामा ५३ करोड १० लाख रुपैयाँभन्दा धेरैले घटेको तथ्यांक धितोपत्र कारोबारको राफसाफकर्ता कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको छ । फागुनमा सरकारले धितोपत्र बजारबाट ४४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । माघमा यो शीर्षकमा ९७ करोड २० लाख ३ हजार रुपैयाँभन्दा धेरै संकलन भएको थियो । माघमा अघिल्लो महीनाको तुलनामा झन्डै २३ करोड रुपैयाँले बढेको लाभकर संकलन फागुनमा घटेको हो ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पछिल्लो ३ महीनाको तथ्यांक तुलना गर्दा फागुनको लाभकर सबैभन्दा कम छ । माघ मसान्तको तुलनामा फागुन मसान्तमा धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से ७ दशमलव ५६ अंकले माथि पुगेको देखिन्छ । माघ मसान्तमा २ हजार १०१ दशमलव १६ बिन्दुमा रहेको नेप्से फागुन मसान्तमा २ हजार १०८ दशमलव ७२ विन्दुमा पुगेको थियो । फागुनमा नेप्से अधिकतम २ हजार १२४ दशमलव शून्य ८ बिन्दुसम्म पुगेको देखिन्छ । फागुनमा माघको तुलनामा संस्थागत लगानीकर्ताबाट संकलन हुने कर बढेको सीडीएससीका सूचना अधिकारी न्यौपानेको भनाइ छ । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख ५८ हजार रुपैयाँभन्दा धरै पूँजीगत लाभकर संकलन भएकोमा फागुनमा ७ करोड ३० लाख ३० हजार रुपैयाँभन्दा धेरै संकलन भएको छ । माघको तुलनामा फागुनमा संस्थागत लगानीकर्ताबाट ५५ लाख ७१ हजार रुपैयाँभन्दा धेरै कर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारमा नाफामा कारोबार गरेको खण्डमा संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  व्यक्तिगत लगानीकर्ताको हकमा १ वर्षभन्दा कम र बढी अवधि धितोपत्र कायम गरेको आधारमा कर संकलन हुन्छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी समय धितोपत्र राखेर बेच्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम राखेर बेच्नेलाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सरकारले अल्पकालीनलाई ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनलाई ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ ।  फागुनको पूँजीगत लाभकर संकलन तथ्यांक हेर्दा अल्पकालीन लगानीकर्ताबाट २५ करोड १० लाख ७९ हजार रुपैयाँभन्दा धेरै र दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ६८ लाख १२ हजार रुपैयाँभन्दा बढी कर संकलन भएको देखिन्छ । माघको तुलनामा फागुनमा अल्पकालीन लगानीकर्ताबाट करीब ४९ करोड ३ लाख रुपैयाँ कम र दीर्घकालीनबाट करीब ४ करोड ६३ लाख ४५ हजार रुपैयाँ कम पूँजीगत लाभकर संकलन भएको सीडीएससीको भनाइ छ । माघमा अल्पकालीन लगानीकर्ताबाट ७४ करोड १३ लाख ८७ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १६ करोड ३१ लाख ५७ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । धितोपत्रको दोस्रो बजारमा पछिल्लो समय अल्पकालीन लगानीकर्ताको हाबी भइरहेको अवस्थामा पूँजीगत लाभकरसमेत अल्पकालीनलगानीकर्ताबाट सबैभन्दा बढी संकलन भएको अवस्था छ ।

पूँजीगत लाभकर झन्डै २५ करोड घट्यो

काठमाडौं  । धितोपत्र बजारका लगानीकर्ताबाट संकलन हुने पूँजीगत लाभकर गत असारको तुलनामा साउनमा २४ करोड ८१ लाख रुपैयाँभन्दा धेरैले घटेको छ । धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिएको जानकारीअनुसार साउनमा कुल पूँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ । असारमा सरकारले ६४ करोड ९० लाख ४९ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । सीडीएससीका सूचना अधिकृत सुरेश न्यौपानेले साउनमा संस्थागत लगानीकर्ताबाट ७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । संस्थागत लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गर्दा सरकारलाई १० प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । न्यौपानेले असारको तुलनामा साउनमा संस्थागत लगानीकर्ताबाट ६ करोड १ लाख ९१ हजार रुपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन भएको बताए । उनका अनुसार असारमा संस्थागत लगानीकर्ताबाट १३ करोड ४७ लाख ८५ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । व्यक्तिगत लगानीकर्ताबाट सरकारले दुई किसिमको पूँजीगत लाभकर संकलन गर्छ । सीडीएससीका प्रवक्ता न्यौपानेले साउनमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट २२ करोड ४७ लाख १२ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १० करोड १५ लाख ८५ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको जानकारी दिए । असारमा अल्पकालीन लगानीकर्ताबाट ३५ करोड ९५ लाख ७५ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १५ करोड ४६ लाख ८८ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको उनको भनाइ छ । साउनमा असारको तुलनामा अल्पकालीन लगानीकर्ताबाट संकलित लाभकर १३ करोड ४८ लाख ६२ हजारले र दीर्घकालीनबाट संकलित ५ करोड ३१ लाख ३ हजार रुपैयाँले घटेको हो । धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी छ । १८ लाखभन्दा बढी लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सहभागी भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । बजार बढ्दा दैनिक १ लाखभन्दा बढी लगानीकर्ता कारोबारमा सक्रिय हुने भए पनि बजार घटेको दिन ६० देखि ६५ हजारसम्म सहभागी हुने पराजुलीको भनाइ छ । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा खासै उत्साह देखिँदैन । छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटी बढेकाले बजारले सकारात्मक गति लिन सकेको छैन । बजारले गति लिन नसक्दा लगानीकर्ता अन्योलको अवस्थामा रहेकाले पछिल्ला महीना बजारसँगै कारोबार रकमसमेत घटेको ब्रोकरहरूले जानकारी दिए । नाफा कमाएका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर घट्दा लगानीकर्ताले धितोपत्र बजारबाट गर्ने आम्दानी कम भएको पुष्टि हुन्छ ।  धितोपत्र बजारमा लगानीकर्ताको आम्दानी बढ्दा सरकारको समेत आम्दानी बढ्ने अग्रज लगानीकर्ता डम्बरुबल्लभ घिमिरे बताउँछन् । बजारले सकारात्मक गति लिन नसक्दा यो क्षेत्रलाई नै आम्दानीको स्रोत बनाएका आफूजस्ता लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । विगत ४ दशकदेखि धितोपत्र बजारमा सक्रिय घिमिरे लामो समय लगानीकर्ता निराश हुने वातावरण बन्न नहुने बताउँछन् । बजार बढ्ने र घट्ने स्वाभाविक चक्र रहेको स्वीकार्दै घिमिरेले सरकारसँगै लगानीकर्ताको आम्दानी नघट्ने गरी बजारको विकासमा जोड दिए ।  सरकारले समेत यो क्षेत्रको विकासका लागि विशेष चासो राखेको देखिन्छ । पछिल्लो समय धितोपत्र बजारको विकासका लागि सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरी बजारमा विविधीकरण ल्याउन खोजेको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत आमलगानीकर्ताको हितलाई ध्यानमा राखी नीति निर्माणमा जोड दिइरहेको छ ।

आधाभन्दा धेरैले घट्यो पूँजीगत लाभकर

काठमाडौं । गत फागुनमा सरकारले धितोपत्रको दोस्रो बजारका लगानीकर्ताबाट माघको तुलनामा आधाभन्दा पनि कम पूँजीगत लाभकर संकलन गरेको पाइएको छ । फागुनमा सरकारले पूँजीगत लाभकर शीर्षकमा १७ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ । यो महीना नाफामा धितोपत्र कारोबार गरेका लगानीकर्ताबाट सरकारले उक्त कर संकलन गरेको हो । दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गर्दा सरकारलाई बढीमा १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अल्पकालीन अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ । दोस्रो बजारमा धितोपत्रको कारोबार घट्दा लगानीकर्ता र सरकार दुवैको आम्दानी घटेको छ । माघमा सरकारले धितोपत्रको दोस्रो बजारबाट ३४ करोड ६४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । फागुनको कारोबारमा धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरण २ खर्ब ३८ अर्ब २८ करोड २५ लाख रुपैयाँले घटेको नेप्सेको तथ्यांकले देखाउँछ । माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोड २० लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण फागुन मसान्तमा २८ खर्ब २३ अर्ब ६७ करोड ९४ लाख रुपैयाँमा झरेको हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले सरकारले फागुनमा भने दीर्घकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन गरेको जानकारी दिए । पछिल्ला केही महीना अल्पकालीन लगानीकर्ताबाट बढी कर संकलन भइरहेकोमा फागुनमा दीर्घकालीनबाट बढी कर उठेको न्यौपानेले जानकारी दिए । उनका अनुसार फागुनमा संकलित १७ करोड १५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकरमा दीर्घकालीन लगानीकर्ताको योगदान ९ करोड १३ लाख रुपैयाँभन्दा बढी छ । अल्पकालीन लगानीकर्ताबाट ८ करोड २ लाख रुपैयाँभन्दा बढी संलकन भएको न्यौपानेले जानकारी दिए । माघको तुलनामा अल्पकालीन लगानीकर्ताबाट १६ करोड ६३ लाख रुपैयाँभन्दा कम र दीर्घकालीनबाट ८५ लाख २० हजार रुपैयाँभन्दा केही कम पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ । माघमा अल्पकालीन लगानीकर्ताबाट २४ करोड ६५ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट ९ करोड ९८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पछिल्लो समय बजार निरन्तर घटिरहँदा आम लगानीकर्ता चिन्तित बनेका छन् । उनीहरूले बजार सुधारका लागि लगानीकर्तासँग गरेको सम्झौताबमोजिम काम गर्न बजारसम्बद्ध निकायसँग माग गर्दै आएका छन् । धितोपत्र बजार बढ्दा यसमा सहभागी लगानीकर्तासँगै सरकारको समेत आम्दानी बढ्ने तथ्यांक बजारले कीर्तिमान कायम गरेको अवधिको पूँजीगत लाभकर संकलनको अवस्थाले स्पष्ट पार्ने तर्क लगानीकर्ताको छ । अर्थतन्त्रको ऐना मानिने धितोपत्र बजारको हालको अवस्था सुधार्न सरकारले विशेष ध्यान दिनुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।

सेयरको पूँजीगत लाभकर यथावत

१५ जेठ, काठमाडौं । सरकारले सेयर बजारको पूँजीगत लाभकर तथा सीमा यथावत राखेको छ । आर्थिक विधेयक २०७९ अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीका शेयरमा लगानीकर्ताको ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको भए बिक्रीमा भएको लाभबाट ५ प्रतिशत कर लाग्छ । यो चालु आवकै प्रावधान हो । ३६५  दिन भन्दा कम अवधिमा सेयर […]

धितोपत्र बजारमा लगानी आकर्षित गर्न पूँजीगत लाभकर घटाउने प्रस्ताव

८ जेठ, काठमाडौं । धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानी प्रोत्साहन गर्न पूँजीगत लाभकर घटाउन नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धमा बोर्डले यस्तो प्रस्ताव गरेको हो । बोर्डले गरेको प्रस्ताव अनुसार अल्पकालीन लगानीको समय १८० दिन मानेर त्यस्तो लगानीबाट भएको आम्दानीमा […]

पूँजीगत लाभकर अल्पकालीन र दिर्घकालीन लगानीकर्ताका लागि फरक

जेठ १६, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले अल्पकालीन र दिर्घकालीन लगानीबाट प्राप्त प्रतिफलका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ ।  यसअघि संस्थागत लगानीकर्ताहरुले १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सर्वसाधारण लगानीकर्ताहरुलाई अल्कालीन र दिर्घकालीन लगानीकर्ताको रुपमा छुट्याएको छ ।  सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा ७ दशमलव ५ प्रतिशत र सोभन्दा बढी अवधिपछिको कारोबारबाट लाभ लिएका लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । दिर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताको लागि २ दशमलव ५ विन्दु अर्थात् ५० प्रतिशत बढी पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।  पूँजीगत लाभकरको व्यवस्था गरेको हो । एक वर्षसम्म शेयर कायम गरी त्यसपछि कारोबार पश्चात लाभ गर्ने लगानीकर्ताहरुका लागि भने सरकारले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो । यस अघि अल्कालिन र दिर्घकालीन दुबै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष सरकारले अल्पकालिन लगानीकर्ताको लागि २ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर बढाएको हो  यस वर्षको बजेटमा पूँजीबजारका विषयमा धेरै कुरा सम्बोधन नभएपनि बजारको विकास र विस्तारकै लागि वितरणमुखी बजेट आएकोमा खुसी व्यक्त गरेका लगानीकर्ताहरुले अध्यादेशमार्फत पूँजीगत लाभकर बढाएकोमा भने दुख व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले भने दिर्घकालीन लगानीलाई प्रोत्साहन हुने भन्दै यस विषयलाई स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारीले अल्पकालीन लगानीकर्ताको लागि करको दर बढेकोमा असन्तुष्टि व्यक्त गरेकी छन् ।  उनले सरकारसँग दिर्घकालीन लगानीकर्ताको लागि करको दर कम गर्न माग गर्दै आएकोमा अल्पकालीन लगानीकर्ताको लागि कर बढाउँ भन्ने बुझाई परेको प्रतिक्रिया दिएका छिन् । दिर्घकालीन लगानीको लागि प्रोत्साहन गर्न सरकारले अल्पकालिन लगानीकर्ताको करको दर बढाएर हैन दिर्घकालीन लगानीकर्ताको लागि करको दर घटाउन आवश्यक रहेको उनको भनाई छ ।

पूँजीगत लाभकर गणना सहज बनाउन माग

पूँजीगत लाभकर गणनाको लागि निर्धारण गरिने भारित औषत लागतलाई स्वचालित रुपमा गणना हुने व्यवस्था मिलाउन धितोपत्र धितोपत्र दलाल व्यवसायीहरुले माग गरेका छन् ।धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले मर्जर तथा प्राप्तिपूर्व धारण गरिएका धितोपत्रहरुको कर छुट हुने अवधिभित्र गरिएको निःसर्गबाट सिर्जित लाभ तथा प्राप्त लाभांशलाई कर प्रणालिमा अभिलेखन हुने व्यवस्था मिलाउन […]