फागुनमा ५३ करोडले घट्यो पूँजीगत लाभकर

काठमाडौं । फागुनमा धितोपत्रको दोस्रो बजारबाट संकलन हुने पूँजीगत लाभकर अघिल्लो महीनाको तुलनामा ५३ करोड १० लाख रुपैयाँभन्दा धेरैले घटेको तथ्यांक धितोपत्र कारोबारको राफसाफकर्ता कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको छ । फागुनमा सरकारले धितोपत्र बजारबाट ४४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । माघमा यो शीर्षकमा ९७ करोड २० लाख ३ हजार रुपैयाँभन्दा धेरै संकलन भएको थियो । माघमा अघिल्लो महीनाको तुलनामा झन्डै २३ करोड रुपैयाँले बढेको लाभकर संकलन फागुनमा घटेको हो ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पछिल्लो ३ महीनाको तथ्यांक तुलना गर्दा फागुनको लाभकर सबैभन्दा कम छ । माघ मसान्तको तुलनामा फागुन मसान्तमा धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से ७ दशमलव ५६ अंकले माथि पुगेको देखिन्छ । माघ मसान्तमा २ हजार १०१ दशमलव १६ बिन्दुमा रहेको नेप्से फागुन मसान्तमा २ हजार १०८ दशमलव ७२ विन्दुमा पुगेको थियो । फागुनमा नेप्से अधिकतम २ हजार १२४ दशमलव शून्य ८ बिन्दुसम्म पुगेको देखिन्छ । फागुनमा माघको तुलनामा संस्थागत लगानीकर्ताबाट संकलन हुने कर बढेको सीडीएससीका सूचना अधिकारी न्यौपानेको भनाइ छ । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख ५८ हजार रुपैयाँभन्दा धरै पूँजीगत लाभकर संकलन भएकोमा फागुनमा ७ करोड ३० लाख ३० हजार रुपैयाँभन्दा धेरै संकलन भएको छ । माघको तुलनामा फागुनमा संस्थागत लगानीकर्ताबाट ५५ लाख ७१ हजार रुपैयाँभन्दा धेरै कर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारमा नाफामा कारोबार गरेको खण्डमा संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  व्यक्तिगत लगानीकर्ताको हकमा १ वर्षभन्दा कम र बढी अवधि धितोपत्र कायम गरेको आधारमा कर संकलन हुन्छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी समय धितोपत्र राखेर बेच्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम राखेर बेच्नेलाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सरकारले अल्पकालीनलाई ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनलाई ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ ।  फागुनको पूँजीगत लाभकर संकलन तथ्यांक हेर्दा अल्पकालीन लगानीकर्ताबाट २५ करोड १० लाख ७९ हजार रुपैयाँभन्दा धेरै र दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ६८ लाख १२ हजार रुपैयाँभन्दा बढी कर संकलन भएको देखिन्छ । माघको तुलनामा फागुनमा अल्पकालीन लगानीकर्ताबाट करीब ४९ करोड ३ लाख रुपैयाँ कम र दीर्घकालीनबाट करीब ४ करोड ६३ लाख ४५ हजार रुपैयाँ कम पूँजीगत लाभकर संकलन भएको सीडीएससीको भनाइ छ । माघमा अल्पकालीन लगानीकर्ताबाट ७४ करोड १३ लाख ८७ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १६ करोड ३१ लाख ५७ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । धितोपत्रको दोस्रो बजारमा पछिल्लो समय अल्पकालीन लगानीकर्ताको हाबी भइरहेको अवस्थामा पूँजीगत लाभकरसमेत अल्पकालीनलगानीकर्ताबाट सबैभन्दा बढी संकलन भएको अवस्था छ ।  

सम्बन्धित सामग्री

फागुनमा ५३ करोडले घट्यो पूँजीगत लाभकर

काठमाडौं । फागुनमा धितोपत्रको दोस्रो बजारबाट संकलन हुने पूँजीगत लाभकर अघिल्लो महीनाको तुलनामा ५३ करोड १० लाख रुपैयाँभन्दा धेरैले घटेको तथ्यांक धितोपत्र कारोबारको राफसाफकर्ता कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको छ । फागुनमा सरकारले धितोपत्र बजारबाट ४४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । माघमा यो शीर्षकमा ९७ करोड २० लाख ३ हजार रुपैयाँभन्दा धेरै संकलन भएको थियो । माघमा अघिल्लो महीनाको तुलनामा झन्डै २३ करोड रुपैयाँले बढेको लाभकर संकलन फागुनमा घटेको हो ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पछिल्लो ३ महीनाको तथ्यांक तुलना गर्दा फागुनको लाभकर सबैभन्दा कम छ । माघ मसान्तको तुलनामा फागुन मसान्तमा धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से ७ दशमलव ५६ अंकले माथि पुगेको देखिन्छ । माघ मसान्तमा २ हजार १०१ दशमलव १६ बिन्दुमा रहेको नेप्से फागुन मसान्तमा २ हजार १०८ दशमलव ७२ विन्दुमा पुगेको थियो । फागुनमा नेप्से अधिकतम २ हजार १२४ दशमलव शून्य ८ बिन्दुसम्म पुगेको देखिन्छ । फागुनमा माघको तुलनामा संस्थागत लगानीकर्ताबाट संकलन हुने कर बढेको सीडीएससीका सूचना अधिकारी न्यौपानेको भनाइ छ । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख ५८ हजार रुपैयाँभन्दा धरै पूँजीगत लाभकर संकलन भएकोमा फागुनमा ७ करोड ३० लाख ३० हजार रुपैयाँभन्दा धेरै संकलन भएको छ । माघको तुलनामा फागुनमा संस्थागत लगानीकर्ताबाट ५५ लाख ७१ हजार रुपैयाँभन्दा धेरै कर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारमा नाफामा कारोबार गरेको खण्डमा संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  व्यक्तिगत लगानीकर्ताको हकमा १ वर्षभन्दा कम र बढी अवधि धितोपत्र कायम गरेको आधारमा कर संकलन हुन्छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी समय धितोपत्र राखेर बेच्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम राखेर बेच्नेलाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सरकारले अल्पकालीनलाई ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनलाई ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ ।  फागुनको पूँजीगत लाभकर संकलन तथ्यांक हेर्दा अल्पकालीन लगानीकर्ताबाट २५ करोड १० लाख ७९ हजार रुपैयाँभन्दा धेरै र दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ६८ लाख १२ हजार रुपैयाँभन्दा बढी कर संकलन भएको देखिन्छ । माघको तुलनामा फागुनमा अल्पकालीन लगानीकर्ताबाट करीब ४९ करोड ३ लाख रुपैयाँ कम र दीर्घकालीनबाट करीब ४ करोड ६३ लाख ४५ हजार रुपैयाँ कम पूँजीगत लाभकर संकलन भएको सीडीएससीको भनाइ छ । माघमा अल्पकालीन लगानीकर्ताबाट ७४ करोड १३ लाख ८७ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १६ करोड ३१ लाख ५७ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । धितोपत्रको दोस्रो बजारमा पछिल्लो समय अल्पकालीन लगानीकर्ताको हाबी भइरहेको अवस्थामा पूँजीगत लाभकरसमेत अल्पकालीनलगानीकर्ताबाट सबैभन्दा बढी संकलन भएको अवस्था छ ।

सेयर बजारबाट फागुनमा उठ्यो ४४ करोड लाभकर, माघको तुलनामा आधा घट्यो

८ चैत, काठमाडौं । सेयर बजारबाट फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार यो पुँजीगत लाभकर माघ महिनाको तुलनामा आधा कम हो । यसअघि माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष महिनागत रुपमा माघमा सबैभन्दा […]

लाभकर साढे १३ करोड रुपैयाँभन्दा धेरैले घट्यो

काठमाडौं । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफा कमाएबापत सरकारलाई बुझाउने कर साढे १३ करोडभन्दा धेरैले घटेको छ ।  कात्तिकमा सरकारलाई ८ करोड ४१ लाख ५४ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर प्राप्त भएको छ । यो असोजको तुलनामा १३ करोड ५४ लाख २४ हजार रुपैयाँभन्दा कम हो ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको थियो ।  कात्तिकमा असोजको तुलनामा कारोबार दिन कम भएकाले लाभकर कम भएको न्यौपाने बताउँछन् । उनका अनुसार कात्तिकमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट ४ करोड ६० लाख ४१ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । असोजमा अल्पकालीन लगानीकर्ताबाट १५ करोड ७६ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट ६ करोड १९ लाख रुपैयाँभन्दा धेरै लाभकर संकलन भएको न्यौपानेको भनाइ छ । असोजमा संस्थागत लगानीकर्ताबाट संकलन हुन नसकेको लाभकर कात्तिकमा १ करोड ११ लाख रुपैयाँभन्दा माथि पुगेको न्यौपानेले जानकारी दिए । सरकारले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई व्यक्तिगतको हकमा दुई वर्गमा विभाजन गरी कर संकलन गर्छ । एक वर्षभन्दा बढी शेयर कायम गर्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मानिएको छ । सरकारले अल्पकालीन लगानीकर्तासँग ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनसँग ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । लगानीकर्ताले धितोपत्र कारोबारबाट नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ । कात्तिकमा दशैं, तिहारको सार्वजनिक बिदाका कारण धितोपत्र बजारमा जम्मा १२ दिन मात्र कारोबार भएको छ । धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो १२ कारोबार दिनमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजार ७४९ कित्ता धितोपत्र किनबेच भएको छ । बजार भने असोज मसान्तमा १ हजार ८६४ दशमलव ६२ विन्दुमा रहेकोमा कात्तिक अन्तिम कारोबार दिनमा १ हजार ८५२ विन्दुमा झरेको थियो ।

पूँजीगत लाभकर झन्डै २५ करोड घट्यो

काठमाडौं  । धितोपत्र बजारका लगानीकर्ताबाट संकलन हुने पूँजीगत लाभकर गत असारको तुलनामा साउनमा २४ करोड ८१ लाख रुपैयाँभन्दा धेरैले घटेको छ । धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिएको जानकारीअनुसार साउनमा कुल पूँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ । असारमा सरकारले ६४ करोड ९० लाख ४९ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । सीडीएससीका सूचना अधिकृत सुरेश न्यौपानेले साउनमा संस्थागत लगानीकर्ताबाट ७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । संस्थागत लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गर्दा सरकारलाई १० प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । न्यौपानेले असारको तुलनामा साउनमा संस्थागत लगानीकर्ताबाट ६ करोड १ लाख ९१ हजार रुपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन भएको बताए । उनका अनुसार असारमा संस्थागत लगानीकर्ताबाट १३ करोड ४७ लाख ८५ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । व्यक्तिगत लगानीकर्ताबाट सरकारले दुई किसिमको पूँजीगत लाभकर संकलन गर्छ । सीडीएससीका प्रवक्ता न्यौपानेले साउनमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट २२ करोड ४७ लाख १२ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १० करोड १५ लाख ८५ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको जानकारी दिए । असारमा अल्पकालीन लगानीकर्ताबाट ३५ करोड ९५ लाख ७५ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १५ करोड ४६ लाख ८८ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको उनको भनाइ छ । साउनमा असारको तुलनामा अल्पकालीन लगानीकर्ताबाट संकलित लाभकर १३ करोड ४८ लाख ६२ हजारले र दीर्घकालीनबाट संकलित ५ करोड ३१ लाख ३ हजार रुपैयाँले घटेको हो । धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी छ । १८ लाखभन्दा बढी लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सहभागी भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । बजार बढ्दा दैनिक १ लाखभन्दा बढी लगानीकर्ता कारोबारमा सक्रिय हुने भए पनि बजार घटेको दिन ६० देखि ६५ हजारसम्म सहभागी हुने पराजुलीको भनाइ छ । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा खासै उत्साह देखिँदैन । छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटी बढेकाले बजारले सकारात्मक गति लिन सकेको छैन । बजारले गति लिन नसक्दा लगानीकर्ता अन्योलको अवस्थामा रहेकाले पछिल्ला महीना बजारसँगै कारोबार रकमसमेत घटेको ब्रोकरहरूले जानकारी दिए । नाफा कमाएका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर घट्दा लगानीकर्ताले धितोपत्र बजारबाट गर्ने आम्दानी कम भएको पुष्टि हुन्छ ।  धितोपत्र बजारमा लगानीकर्ताको आम्दानी बढ्दा सरकारको समेत आम्दानी बढ्ने अग्रज लगानीकर्ता डम्बरुबल्लभ घिमिरे बताउँछन् । बजारले सकारात्मक गति लिन नसक्दा यो क्षेत्रलाई नै आम्दानीको स्रोत बनाएका आफूजस्ता लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । विगत ४ दशकदेखि धितोपत्र बजारमा सक्रिय घिमिरे लामो समय लगानीकर्ता निराश हुने वातावरण बन्न नहुने बताउँछन् । बजार बढ्ने र घट्ने स्वाभाविक चक्र रहेको स्वीकार्दै घिमिरेले सरकारसँगै लगानीकर्ताको आम्दानी नघट्ने गरी बजारको विकासमा जोड दिए ।  सरकारले समेत यो क्षेत्रको विकासका लागि विशेष चासो राखेको देखिन्छ । पछिल्लो समय धितोपत्र बजारको विकासका लागि सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरी बजारमा विविधीकरण ल्याउन खोजेको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत आमलगानीकर्ताको हितलाई ध्यानमा राखी नीति निर्माणमा जोड दिइरहेको छ ।

७१ प्रतिशतले घट्यो लाभकर

काठमाडौ। धितोपत्र बजारबाट सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा रू. २ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट रू. ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू. १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पूँजीगत लाभकर संकलन गरेको हो । अघिल्लो आव २०७८/७९ मा सरकारले रू. १० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू. २ अर्ब ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । त्यस वर्ष संस्थागत लगानीकर्ताबाट रू. १ अर्ब २६ करोडभन्दा बढी कर संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा रकमको हिसाबमा सरकारको आम्दानी रू. ७ अर्ब ३८ करोड २४ लाखभन्दा धेरैले घटेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष अल्पकालीन लगानीकर्ताबाट रू. ४ अर्ब ८५ करोड ५८ लाख कम पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीबाट संकलित कर अघिल्लो वर्षको तुलनामा गतवर्ष रू. १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ कम छ ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले आव २०७८/७९ को कुल पूँजीगत लाभकरमध्ये रू. २२ करोड ५९ लाखभन्दा बढी व्यक्तिगत अल्पकालीन र दीर्घकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । आव २०७८/७९ नेपालको धितोपत्र बजारले कीर्तिमान कायम गरेको वर्ष भएकोले पूँजीगत लाभकर संकलन बढी भएको उनले बताए । २०७८ भदौ २ गते नेपालको समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो ।  अघिल्लो आवमा जस्तो उत्साह आव २०७९/८० मा लगानीकर्तामा नदेखिएकाले सरकारको आम्दानीमा कमी आएको न्यौपानेको अनुमान छ । उनले आव २०७८/७९ को साउनमा मात्र रू. ३ अर्ब २४ करोड ६९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । शेयर सूचकले कीर्तिमान कायम गरेको दिन कुल बजार पूँजीकरण रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । आव २०७९/८० को अन्तिम दिन कुल बजार पूँजीकरण रू. ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । लगानीकर्ताको सम्पत्ति मूल्य कम भएसँगै गत आवमा सरकारको लगानीकर्ताबाट नाफामा उठाउने करमा समेत कमी आएको न्यौपानेको भनाइ छ । सरकारले धेरै कर उठाउने क्षेत्रमध्ये धितोपत्र बजार पनि एक हो । कोरोना महामारीले देशका अन्य आर्थिक गतिविधि बन्द रहेको बेला पनि सरकारले धितोपत्र बजारबाट मासिक अर्बौं रुपैयाँ कर संकलन गरेको थियो ।  सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताले कमाएको नाफामा १० प्रतिशतसम्म पूँजीगत लाभकर लिन्छ छ । संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट बढीमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर सरकारले संकलन गर्छ । व्यक्तिगत लगानीकर्ताले दुई प्रकारको पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र सोभन्दा कम अवधि शेयर कायम गर्नेलाई अल्पकालीन लगानीकर्ता मानेर सरकारले अल्पकालीनबाट ७ दशमलव ५ र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्छ । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ ।

आधाभन्दा धेरैले घट्यो पूँजीगत लाभकर

काठमाडौं । गत फागुनमा सरकारले धितोपत्रको दोस्रो बजारका लगानीकर्ताबाट माघको तुलनामा आधाभन्दा पनि कम पूँजीगत लाभकर संकलन गरेको पाइएको छ । फागुनमा सरकारले पूँजीगत लाभकर शीर्षकमा १७ करोड १५ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ । यो महीना नाफामा धितोपत्र कारोबार गरेका लगानीकर्ताबाट सरकारले उक्त कर संकलन गरेको हो । दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गर्दा सरकारलाई बढीमा १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अल्पकालीन अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ । दोस्रो बजारमा धितोपत्रको कारोबार घट्दा लगानीकर्ता र सरकार दुवैको आम्दानी घटेको छ । माघमा सरकारले धितोपत्रको दोस्रो बजारबाट ३४ करोड ६४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । फागुनको कारोबारमा धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरण २ खर्ब ३८ अर्ब २८ करोड २५ लाख रुपैयाँले घटेको नेप्सेको तथ्यांकले देखाउँछ । माघ मसान्तमा ३० खर्ब ६१ अर्ब ९६ करोड २० लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण फागुन मसान्तमा २८ खर्ब २३ अर्ब ६७ करोड ९४ लाख रुपैयाँमा झरेको हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले सरकारले फागुनमा भने दीर्घकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन गरेको जानकारी दिए । पछिल्ला केही महीना अल्पकालीन लगानीकर्ताबाट बढी कर संकलन भइरहेकोमा फागुनमा दीर्घकालीनबाट बढी कर उठेको न्यौपानेले जानकारी दिए । उनका अनुसार फागुनमा संकलित १७ करोड १५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकरमा दीर्घकालीन लगानीकर्ताको योगदान ९ करोड १३ लाख रुपैयाँभन्दा बढी छ । अल्पकालीन लगानीकर्ताबाट ८ करोड २ लाख रुपैयाँभन्दा बढी संलकन भएको न्यौपानेले जानकारी दिए । माघको तुलनामा अल्पकालीन लगानीकर्ताबाट १६ करोड ६३ लाख रुपैयाँभन्दा कम र दीर्घकालीनबाट ८५ लाख २० हजार रुपैयाँभन्दा केही कम पूँजीगत लाभकर संकलन भएको सिडिएससीले जानकारी दिएको छ । माघमा अल्पकालीन लगानीकर्ताबाट २४ करोड ६५ लाख रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट ९ करोड ९८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पछिल्लो समय बजार निरन्तर घटिरहँदा आम लगानीकर्ता चिन्तित बनेका छन् । उनीहरूले बजार सुधारका लागि लगानीकर्तासँग गरेको सम्झौताबमोजिम काम गर्न बजारसम्बद्ध निकायसँग माग गर्दै आएका छन् । धितोपत्र बजार बढ्दा यसमा सहभागी लगानीकर्तासँगै सरकारको समेत आम्दानी बढ्ने तथ्यांक बजारले कीर्तिमान कायम गरेको अवधिको पूँजीगत लाभकर संकलनको अवस्थाले स्पष्ट पार्ने तर्क लगानीकर्ताको छ । अर्थतन्त्रको ऐना मानिने धितोपत्र बजारको हालको अवस्था सुधार्न सरकारले विशेष ध्यान दिनुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् ।

घट्दो शेयरबजारको असर : ४९ प्रतिशतले घट्यो पूँजीगत लाभकर

काठमाडौं । धितोपत्र बजारबाट सरकारले माघको तुलनामा फागुन महीनामा ४९ प्रतिशत कम पूँजीगत लाभकर संकलन गरेको छ ।  माघमा  ८० करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले फागुन महीनामा त्यसको झन्डै आधा कम  ४१ करोड ६ लाख रुपैयाँ कर संकलन गरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले धितोपत्र कारोबारको पूँजीगत लाभकर फागुनमा झन्डै आधाले घटेको बताए ।  कुल पूँजीगत लाभकरमध्ये अल्पकालीन लगानीकर्ताबाट ५४ दशमलव २२ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट ४५ दशमलव ७८ प्रतिशत संकलन भएको उनले बताए । फागुनमा अल्पकालीन लगानीकर्ताबाट रू. २२ करोड २६ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट रू. १८ करोड ७९ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको न्यौपानेको भनाइ छ । सरकारले विगतका महीनामा धितोपत्र बजारबाट ठूलो परिमाणमा पूँजीगत लाभकर पाइरहेको थियो । लगानीकर्ता छोटेलाल रौनियार वित्तीय प्रणालीमा तरलता अभावसँगै बजारमा कारोबार घट्दा सरकारले पाउने लाभकर घटेको बताउँछन् । उनले आम लगानीकर्ताको आम्दानीसँगै सरकारको पनि आम्दानी बढ्ने भएकाले शेयरबजारको विकासमा ध्यान दिन आग्रह गरे ।  बजार सुधारका लागि सरकारले दिएका निर्देशन कडाइका साथ कार्यान्वयन गर्न उनले माग समेत गरेका छन् ।  माघको तुलनामा फागुनमा नेप्से परिसूचक ४ दशमलव ७६ प्रतिशत घट्दा सूचीकृत कम्पनीहरूको शेयरमूल्य अर्थात् कुल बजार पूँजीकरण पनि ४ दशमलव ४८ प्रतिशत कम भएको नेप्सेको तथ्यांकले देखाउँछ ।  माघ मसान्तसम्म २ हजार ८०१ दशमलव ५६ विन्दुमा रहेको नेप्से परिसूचक फागुन मसान्तमा २ हजार ६६८ दशमलव ११ विन्दुमा झरेको छ । माघमा भन्दा फागुनमा कारोबार रकम ४६ दशमलव ६३ प्रतिशत कम भएको नेप्सेले जानकारी दिएको छ । माघमा रू. १ खर्ब १७ अर्बभन्दा बढीको कारोबार भएकोमा फागुनमा रू. ६२ अर्ब ९२ करोडभन्दा बढीमात्र धितोपत्र कारोबार भएको छ । धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताको हकमा फरकफरक दर लागू भएको छ । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका छन् । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सरकारले ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको छ ।