पूँजीगत लाभकर झन्डै २५ करोड घट्यो

काठमाडौं  । धितोपत्र बजारका लगानीकर्ताबाट संकलन हुने पूँजीगत लाभकर गत असारको तुलनामा साउनमा २४ करोड ८१ लाख रुपैयाँभन्दा धेरैले घटेको छ । धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिएको जानकारीअनुसार साउनमा कुल पूँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ । असारमा सरकारले ६४ करोड ९० लाख ४९ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । सीडीएससीका सूचना अधिकृत सुरेश न्यौपानेले साउनमा संस्थागत लगानीकर्ताबाट ७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । संस्थागत लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गर्दा सरकारलाई १० प्रतिशत पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । न्यौपानेले असारको तुलनामा साउनमा संस्थागत लगानीकर्ताबाट ६ करोड १ लाख ९१ हजार रुपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन भएको बताए । उनका अनुसार असारमा संस्थागत लगानीकर्ताबाट १३ करोड ४७ लाख ८५ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । व्यक्तिगत लगानीकर्ताबाट सरकारले दुई किसिमको पूँजीगत लाभकर संकलन गर्छ । सीडीएससीका प्रवक्ता न्यौपानेले साउनमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालीनबाट २२ करोड ४७ लाख १२ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १० करोड १५ लाख ८५ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको जानकारी दिए । असारमा अल्पकालीन लगानीकर्ताबाट ३५ करोड ९५ लाख ७५ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीनबाट १५ करोड ४६ लाख ८८ हजार रुपैयाँभन्दा बढी लाभकर संकलन भएको उनको भनाइ छ । साउनमा असारको तुलनामा अल्पकालीन लगानीकर्ताबाट संकलित लाभकर १३ करोड ४८ लाख ६२ हजारले र दीर्घकालीनबाट संकलित ५ करोड ३१ लाख ३ हजार रुपैयाँले घटेको हो । धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी छ । १८ लाखभन्दा बढी लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सहभागी भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । बजार बढ्दा दैनिक १ लाखभन्दा बढी लगानीकर्ता कारोबारमा सक्रिय हुने भए पनि बजार घटेको दिन ६० देखि ६५ हजारसम्म सहभागी हुने पराजुलीको भनाइ छ । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा खासै उत्साह देखिँदैन । छोटो समयमै नाफा बुक गरिहाल्ने परिपाटी बढेकाले बजारले सकारात्मक गति लिन सकेको छैन । बजारले गति लिन नसक्दा लगानीकर्ता अन्योलको अवस्थामा रहेकाले पछिल्ला महीना बजारसँगै कारोबार रकमसमेत घटेको ब्रोकरहरूले जानकारी दिए । नाफा कमाएका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर घट्दा लगानीकर्ताले धितोपत्र बजारबाट गर्ने आम्दानी कम भएको पुष्टि हुन्छ ।  धितोपत्र बजारमा लगानीकर्ताको आम्दानी बढ्दा सरकारको समेत आम्दानी बढ्ने अग्रज लगानीकर्ता डम्बरुबल्लभ घिमिरे बताउँछन् । बजारले सकारात्मक गति लिन नसक्दा यो क्षेत्रलाई नै आम्दानीको स्रोत बनाएका आफूजस्ता लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । विगत ४ दशकदेखि धितोपत्र बजारमा सक्रिय घिमिरे लामो समय लगानीकर्ता निराश हुने वातावरण बन्न नहुने बताउँछन् । बजार बढ्ने र घट्ने स्वाभाविक चक्र रहेको स्वीकार्दै घिमिरेले सरकारसँगै लगानीकर्ताको आम्दानी नघट्ने गरी बजारको विकासमा जोड दिए ।  सरकारले समेत यो क्षेत्रको विकासका लागि विशेष चासो राखेको देखिन्छ । पछिल्लो समय धितोपत्र बजारको विकासका लागि सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरी बजारमा विविधीकरण ल्याउन खोजेको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले समेत आमलगानीकर्ताको हितलाई ध्यानमा राखी नीति निर्माणमा जोड दिइरहेको छ ।    

सम्बन्धित सामग्री

फागुनमा ५३ करोडले घट्यो पूँजीगत लाभकर

काठमाडौं । फागुनमा धितोपत्रको दोस्रो बजारबाट संकलन हुने पूँजीगत लाभकर अघिल्लो महीनाको तुलनामा ५३ करोड १० लाख रुपैयाँभन्दा धेरैले घटेको तथ्यांक धितोपत्र कारोबारको राफसाफकर्ता कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको छ । फागुनमा सरकारले धितोपत्र बजारबाट ४४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । माघमा यो शीर्षकमा ९७ करोड २० लाख ३ हजार रुपैयाँभन्दा धेरै संकलन भएको थियो । माघमा अघिल्लो महीनाको तुलनामा झन्डै २३ करोड रुपैयाँले बढेको लाभकर संकलन फागुनमा घटेको हो ।  सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पछिल्लो ३ महीनाको तथ्यांक तुलना गर्दा फागुनको लाभकर सबैभन्दा कम छ । माघ मसान्तको तुलनामा फागुन मसान्तमा धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से ७ दशमलव ५६ अंकले माथि पुगेको देखिन्छ । माघ मसान्तमा २ हजार १०१ दशमलव १६ बिन्दुमा रहेको नेप्से फागुन मसान्तमा २ हजार १०८ दशमलव ७२ विन्दुमा पुगेको थियो । फागुनमा नेप्से अधिकतम २ हजार १२४ दशमलव शून्य ८ बिन्दुसम्म पुगेको देखिन्छ । फागुनमा माघको तुलनामा संस्थागत लगानीकर्ताबाट संकलन हुने कर बढेको सीडीएससीका सूचना अधिकारी न्यौपानेको भनाइ छ । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख ५८ हजार रुपैयाँभन्दा धरै पूँजीगत लाभकर संकलन भएकोमा फागुनमा ७ करोड ३० लाख ३० हजार रुपैयाँभन्दा धेरै संकलन भएको छ । माघको तुलनामा फागुनमा संस्थागत लगानीकर्ताबाट ५५ लाख ७१ हजार रुपैयाँभन्दा धेरै कर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारमा नाफामा कारोबार गरेको खण्डमा संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  व्यक्तिगत लगानीकर्ताको हकमा १ वर्षभन्दा कम र बढी अवधि धितोपत्र कायम गरेको आधारमा कर संकलन हुन्छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी समय धितोपत्र राखेर बेच्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम राखेर बेच्नेलाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सरकारले अल्पकालीनलाई ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनलाई ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ ।  फागुनको पूँजीगत लाभकर संकलन तथ्यांक हेर्दा अल्पकालीन लगानीकर्ताबाट २५ करोड १० लाख ७९ हजार रुपैयाँभन्दा धेरै र दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ६८ लाख १२ हजार रुपैयाँभन्दा बढी कर संकलन भएको देखिन्छ । माघको तुलनामा फागुनमा अल्पकालीन लगानीकर्ताबाट करीब ४९ करोड ३ लाख रुपैयाँ कम र दीर्घकालीनबाट करीब ४ करोड ६३ लाख ४५ हजार रुपैयाँ कम पूँजीगत लाभकर संकलन भएको सीडीएससीको भनाइ छ । माघमा अल्पकालीन लगानीकर्ताबाट ७४ करोड १३ लाख ८७ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १६ करोड ३१ लाख ५७ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । धितोपत्रको दोस्रो बजारमा पछिल्लो समय अल्पकालीन लगानीकर्ताको हाबी भइरहेको अवस्थामा पूँजीगत लाभकरसमेत अल्पकालीनलगानीकर्ताबाट सबैभन्दा बढी संकलन भएको अवस्था छ ।

जेठमा वैशाखको भन्दा दोब्बर लाभकर

काठमाडौं । गएको जेठमा सरकारले धितोपत्र बजारका लगानीकर्ताबाट २५ करोड ९५ लाखभन्दा बढी कर संकलन गरेको छ । सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गरी नाफा कमाएका लगानीकर्ताबाट उक्त रकम बराबरको पूँजीगत लाभकर संकलन गरेको हो ।  धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले नाफा कमाएको खण्डमा १० प्रतिशतसम्म कर संकलन गर्ने गर्छ । संस्थागत लगानीकर्ताको नाफामा १० प्रतिशत पूँजीगत लाभकर संकलन गर्ने सरकारले व्यक्तिगत लगानीकर्ताको अल्पकालीन नाफामा ७ दशमलव ५ र दीर्घकालीन नाफामा ५ प्रतिशत पूँजीगत लाभकर लिन्छ । धितोपत्र किनेको १ वर्षभन्दा कम अवधिमा विक्री गरे अल्पकालीन र एक वर्षभन्दा बढी अवधि राखेर बेचे दीर्घकालीन हुन्छ ।  सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारीअनुसार जेठमा अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको छ । उनले कुल पूँजीगत लाभकरमा १२ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम अल्पकालीन लगानीकर्ताबाट संकलन भएको जानकारी दिए । दीर्घकालीन लगानीकर्ताबाट ९ करोड २ लाखभन्दा बढी र संस्थागत लगानीकर्ताबाट ४ करोड ७ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका प्रवक्ता न्यौपानेका अनुसार जेठमा वैशाखको तुलनामा झन्डै दोब्बर पूँजीगत लाभकर संकलन भएको छ । वैशाखमा सरकारले १३ करोड ५४ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । वैशाखको तुलनामा जेठमा अल्पकालीन लगानीकर्ताबाट ६ करोड ७२ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट ३ करोड ३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । संस्थागत लगानीकर्ताबाट वैशाखको तुलनामा जेठमा २ करोड ६४ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भएको छ । वैशाखको तुलनामा जेठमा १२ करोड ४० लाख बढी लाभकर संकलन भएको हो । पूँजीगत लाभकर संकलनको अवस्था हेर्दा छोटो समयमै कारोबारमा सहभागी भएका लगानीकर्ताले बढी लाभ लिएको देखिन्छ । पछिल्लो समय बजारको अवस्थालाई हेरेर छोटो समयमै लगानीकर्ताले नाफा बुक गरिहाल्ने प्रवृत्ति बढेको जानकारहरू बताउँछन् । यसले बजारको दीर्घकालीन विकासमा भने असर गर्ने बुझाइ उनीहरूको छ ।  वैशाखको तुलनामा जेठमा धितोपत्र दोस्रो बजार १२ दशमलव १० प्रतिशतले बढेको छ । वैशाख मसान्तमा १ हजार ८२१ दशमलव ६४ विन्दुमा रहेको नेप्से परिसूचक जेठ मसान्तसम्म २ हजार ४२ दशमलव शून्य ७ विन्दुमा पुगेको थियो ।  कुल बजार पूँजीकरण वैशाखको तुलनामा जेठमा ३ खर्ब २८ अर्ब ४३ करोड ८७ लाख रुपैयाँले बढेको छ । वैशाख मसान्तसम्म २६ खर्ब ५७ अर्ब ७५ करोड ७१ लाख रहेको कुल बजार पूँजीकरण जेठ मसान्तसम्म २९ खर्ब ८६ अर्ब १९ करोड ५९ लाख रुपैयाँ कायम भएको थियो ।  बजार बढ्दा आम लगानीकर्तासँगै सरकारको आम्दानीसमेत बढ्ने गरेकाले यो क्षेत्रको विकास र विस्तारमा विशेष ध्यान जानुपर्नेमा लगानीकर्ताले जोड दिएका छन् । धितोपत्र बजारका लगानीकर्ताहरूले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था छ । पूँजीगत लाभकर तिर्दै आएका धितोपत्र बजारका लगानीकर्तालाई आगामी आर्थिक वर्षदेखि आयकरको दायरामा ल्याउने विषयले चर्चा पाएको थियो । आम लगानीकर्ताको दबाबपछि आर्थिक विधेयकमा घुमाउरो पारामा राखिएको उक्त व्यवस्था खारेज गर्न अर्थ मन्त्रालय सहमत भएको छ । अर्थले लगानीकर्तासँगको सहमतिमा धितोपत्र बजारका लगानीकर्ताले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने स्पष्ट पारेको छ ।