मोरङ। मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका– ५ भौसाबारीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय बिक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन्।