मोरङ। विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका– १५ बाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका– ९ सिन्धुपाल्वोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका– १५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका– ५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन्।