सरकारी छात्रवृत्ति लिएको विषयलाई सरकारी सुविधा लिएको भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी रद्द गरेकोमा डा.निकोलस भुसाल (कमल)ले आपत्ति जनाएका छन् । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको प्रभावमा आयोगले आफ्नो उम्मेदवारी रद्द गरेको उनको आरोप छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर डा.भुसालले आफूले रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको स्वतन्त्र उम्मेदवारी आयोगले षड्यन्त्र गरेर रद्द गराइएको आरोप लगाए । उनले भने, ‘विष्णु पौडेलले आफ्नै प