इमरान खानको उम्मेदवारी रद्द, पिटीआईका धेरै नेता चुनावबाट बाहिर

पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ। पिटिआईका कराची अध्यक्ष खुर्रम शेर जमानले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘इमरान खानको नामांकन पत्र लाहोर र मियांवालीबाट रद्द गरियो। यसको विरुद्धमा हामी अदालत जान्छौं। सर्वोच्च अदालतले आजीवन प्रतिबन्ध लगाएपछि पनि नवाज […]

सम्बन्धित सामग्री

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गरिएको रिट खारेज

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले उनीहरुको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट जारी गरेकोमा न्यायधिश अनिल कुमार सिन्हाको एकल इजलाशले उक्त रिट नै खारेज गरिदिएको हो ।  उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।  अदालतले रिट नै खारेज गरेसंगे उनीहरु सबैको उम्मेदवारी कायम नै रहने भएको छ ।रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको थियो। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको थियो । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख थियो  ।   उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको थियो। तर अदालतले रिट नै खारेज गरिदिएको हो ।

गृहमन्त्री खाणले टिकट खोसेको भन्दै कांग्रेस नेता पोखरेल रुष्ट

रुपन्देही । रुपन्देही क्षेत्र नंं ५ को प्रदेश सभा क मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णु पोखरेलले गृहमन्त्री बालकृष्ण खाणले पार्टीभित्र फरक समूह भएकै कारण निर्वाचन कार्यतालिकाको प्रक्रिया मिचेर आफ्नो उम्मेदवारी रद्द गराएको आरोप लगाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएर उम्मेदवारी दर्ता गरेपनि गृहमन्त्री खाणको दबाबमा उम्मेदवारी फिर्ता गर्ने समय गुज्रिसकेपछि उम्मेदवारी […]

रुपन्देहीमा गृहमन्त्री खाँणले टिकट खोसेको शेखर पक्षका नेताको गुनासो

२६ असोज, बुटवल। रुपन्देही-५(क) बाट प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विष्णु पोखरेलले गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो उम्मेदवारी रद्द गराएको गुनासो गरेका छन् । आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएर उम्मेदवारी दर्ता गरेपनि गृहमन्त्री खांणको दबावमा उम्मेदवारी फिर्ता गर्ने समय गुज्रिसकेपछि उम्मेदवारी रद्द गराइएको बताए । ‘मलाई सभापति शेरबहादुर देउवाले टिकट दिनुभएको हो, […]