काठमाडौं : निर्वाचन आयोगले सार्वजनिक भवन, बिजुली र दूरसञ्चारका खम्बालगायत सार्वजनिक स्थानमा कसैले चुनावी प्रचारप्रसारका सामग्री टाँसेमा उम्मेदवारी रद्द गर्ने चेतावनी दिएको छ। सोमबार पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसहिता २०७८ विपरीत कार्य गर्ने दल र उम्मेदवारलाई कारबाही गर्ने बताएका हुन्।‘उम्मेदवारले कतिपय सार्वजनिक ठाउँहरूमा पोष्टर, श्रब्यदृश्य सामग्रीलगायत बजाएको जानकारी आएको छ, यस्तो आचारसंहिता विपरीत कार्य गरेको पाइए तत्काल हटाइ दुरुस्त पार्न आदेश दिइएको