कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी रद्द

काडमाडौं । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि उम्मेदवारको नामावली प्रकाशित गरेको छ । देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आयोगले बिहिबार राती अबेर नामावली प्रकाशित गरेका हुन् । त्यस क्रममा केही उम्मेदवारको मनोनयन रद्द भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारी मनोनयनका क्रममा उठेका ११ प्रकारका विवादमाथि सम्बोधन […]

सम्बन्धित सामग्री

गण्डकीका अर्थमन्त्रीसमेत रहेका बरालको उम्मेदवारी रद्दको माग गर्दै उजुरी

पर्वत : कास्कीको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बरालको उम्मेदवारी रद्द गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।सत्तारुढ गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी कालोसूचीमा रहेकोले उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उजुरी परेको हो। कास्कीको पोखरा महानगरपालिका–२४ कास्कीकोटका बोधराज सुवेदीले कालोसूचीमा परेको व्यक्तिलाई उम्मेदवार बनाउन नहुने भन्दै खारेजीको मागस

सर्वोच्चको आदेशअनुसार राजु गुरुङको उम्मेदवारी कायम : निर्वाचन अधिकृत

काठमाडौँ – सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशको पालना गर्दै रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको उम्मेदवारी कायमै राखिएको जनाएको छ। गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ बैंकिङ कसुरमा दोषी ठहर भइ कालोसूचीमा परेको उजुरी परेपछि असोज २५ गते निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गरेको थियो। उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा दिएको रिट निवेदनको सुनुवाइ गर्दै […]

वडाध्यक्षको उम्मेदवारी रद्द

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । उनी मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) प्रवेश गरेका थिए । एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने

बन्दसूची र थप ४० हजार जना कालोसूचीमा नाम नरहेको रुजु गरेरमात्रै मनोनयनपत्रको अन्तिम टुंगो लगाइने