काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका दर्जनौं उजुरी प्राप्त भएको जनाएको छ। चुनाव आउन ३४ दिन मात्र बाँकी रहँदा आयोगमा आचारसंहिता उल्लंघनको चाङ लागेको छ।उल्लंघनकर्तालाई स्पष्टीकरण सोधेर झारा टार्ने काम गरेको भन्दै आलोचना हुन थालेपछि आयोगले उम्मेदवारी नै रद्द गर्ने चेतावनी दिएको छ। तर उम्मेदवारहरू ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भने जस्तै गरिरहेका छन्।आचारसंहिता उल्लंघन गर्नेको संख्या बढेपछि आयोगले स्पष्टीकरण माग्न धेरै कागज खर्चिनुपर्ने देखिएको छ।