१३ औं शताब्दीमा चीनको समृद्धिका बाबजुद मंगोलियाका घुमन्तेका नाइके जेंगिज खाँले युद्धबाट पराजित गरी आधिपत्य जमाए । बेइजिङलगायत मुख्य शहरहरु ध्वस्त पारिदिए । चीनको आर्थिक समृद्धि घुमन्तेहरुको युद्धकला, एकता र आक्रामक सैन्य रणनीतिका सामु केही महिना पनि टिकेन । यो घटनाले चीनलाई नराम्रो धक्का दियो । अहिले चीन फेरि यो गल्ती गर्न चाहिरहेको छैन । […]