युक्रेनमा भएका रुसी सेना, देशको पूर्वी हिस्सामा आफ्नो हमला बढाउनका लागि एकपटक पुनः एकजुट भइरहेको नेटोले जानकारी दिएको छ ।नेटाका महासचिव जेन्स स्टोल्टबर्गले भने, ‘रुसले आफ्ना सेनालाई पुनः एकजुट गरिरहेको छ । रुसी सेनालाई हतियार प्रदान गरिँदैछ । सैनिकको संख्या पनि बढाइँदैछ ।’उता बेलायतले रुसले छिमेकी देश जर्जियाबाट १२ सयदेखि २ हजार सैनिकलाई युद्धमा उतारिरहेको बताएको छ ।स्मरण रहोस्, रुसले मंगलबार युक्रेनमा हमला कम गर्ने बताउँदै डोनबासलाई स्वतन्त्र गर्नेमा आफ्नो ध्यान केन्द्रीत हुने