नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले चार महिनापछि हुने नवौं महाधिवेशनबाट हतियार बोकेर दलाल पूँजीवादीलाई फाँड्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले अवको चार महिना महाधिवेशनमा केन्द्रीत भएर जनताको घरघर गएर जनतासँग सहयोग र सुझाव माग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अव हाम्रो संगठनको पुरै ध्यान महाधिवेशनमा केन्द्रीत हुँदैछ । हामी देशभरी तलतल सम्म जाने हो । टोलटोलमा पुग्ने हो । जनताला