काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) महामारीबाट जोगिनका लागि मुख्य हतियार भनेकै मास्क र सेनिटाइजर हो । संक्रमणबाट जोगिनका लागि अनिवार्य रुपमा मास्क लगाउने गरिन्छ । साथै, साबुनपानीले हात सफा गर्न सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्ने गरिन्छ ।कोरोना संक्रमणबाट जोगाउन मद्दत गर्ने यिनै मास्क र सेनिटाइजरको नियमित प्रयोगले बेफाइदासमेत हुने अर्थात् छालामा केही समस्यासमेत देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।लामो समयसम्म मास्क प्रयोग गर्दा अनुहारमा विभिन्न किसिमका समस्या देखिने गरेको छाला तथा कपाल रोग विश