नेपालमा वन्यजन्तु पर्यटन

कोरोना महामारीका कारण ठप्प भएको नेपालको पर्यटन उद्योगको अहिले बिस्तारै सुधार हुँदै गएको छ । पोखरा, चितवनजस्ता पर्यटकीय गन्तव्य स्थलहरूमा पर्यटकको चहलपहल बढेको छ । नेपालमा पर्वतारोहण, पदयात्रा पर्यटन र वन्यजन्तु पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । दक्षिण एसियामा सबैभन्दा पहिला वन्यजन्तु पर्यटनको थालनी गर्ने देश नेपाल हो । सन् १९६४ मा चितवनको मेघौलीमा टाइगर टप्प जङ्गल लज स्थापना गरी जङ्गल सफारी र सन् १९७२ मा ढोरपाटनमा शिकार पर्यटन सुरु भयो । देशभर राष्ट्रिय निकुञ्ज, आरक्षजस्ता संरक्षित क्षेत्रहरूको स्थापना भएपछि वन्यजन्तु

सम्बन्धित सामग्री

निकुञ्ज, स्थानीय र पर्यटन

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय निकुञ्जको पर्यटन र सुरक्षा तथा जैविक विविधताको संरक्षण एकसाथ अघि बढाउनुपर्ने बताएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा नै आरक्ष र निकुञ्ज बढी भएकाले पर्यटन र पर्यावरणलाई सँगै लैजानु आवश्यक छ । पर्यावरणमा क्षति पुग्दै गए दिगो पर्यटनमा समस्या आउन सक्छ । त्यस्तै निकुञ्ज र स्थानीयवासीबीचको द्वन्द्वलाई सम्बोधन गर्दै स्थानीयलाई पर्यटनको लाभ दिलाउन पनि आवश्यक छ । विसं. २०२९ सालमा जारी भएको निकुञ्ज ऐन निकै पुरानो भइसकेको छ । निकुञ्जमार्फत जैविक विविधताको संरक्षणमा नेपालले उल्लेख्य सफलता प्राप्त गरेको छ । तर, वन्यजन्तु बस्तीमा आउँदा स्थानीय बासिन्दालाई मर्का पर्ने गरेको छ । वन्यजन्तुले बालीनाली खाइदिने र यदाकदा मानिसमाथि आक्रमणसमेत गर्ने गरेकाले स्थानीयलाई निकुञ्जसँग जोड्न सकिएको छैन । निकुञ्ज र स्थानीयबीच दूरी बढाउने खालको गतिविधि हुनु हुँदैन । निकुञ्जले स्थानीयको जीवनशैलीमा सुधार ल्याउन सहयोग गरे निकुञ्जप्रति स्थानीयमा सकारात्मक सोच पैदा हुनेछ ।  अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने गर्छ । यही संरक्षण क्षेत्रमा पदयात्रा मार्ग पर्छ । यसबाट स्थानीयले लाभ लिएको देखिन्छ । तर, यसको संरक्षण गर्न तथा पर्यावरण जोगाउन यहाँ व्यवसाय गर्नेले पर्याप्त ध्यान नदिएको देखिन्छ । खासगरी पदयात्रीहरूले प्लास्टिक तथा बोटलहरू फालेर प्रदूषित गरिरहेका छन् । यसमा ध्यान जानु जरुरी छ । नेपालको पर्यटन प्रकृतिमा निर्भर छ । त्यसो हुँदा प्राकृतिक सुन्दरता कायम गरेर पर्यटन गतिविधि अघि बढाउनुपर्छ । पर्यावरण र पर्यटनलाई सँगसँगै लैजान सके दिगो पर्यटनको आधार तयार हुन्छ । पर्यटकको संख्या बढी हुँदा सगरमाथादेखि तराईका निकुञ्जसम्म र माटोदेखि पानीसम्म प्रदूषित र फोहोर भएको छ । यसले पर्यटकका माझमा नकारात्मक सन्देश जान्छ । त्यसैले पर्यटन नीतिमा पर्यावरण पनि जोडिनुपर्छ । हुन त नेपालको पर्यटन नीतिले पर्यापर्यटनका विषय उठाएको छ । त्यसअनुसार केही नीति पनि लिएको देखिन्छ । तर, यसले बृहत् रूपमा सबै पक्षलाई सम्बोधन भने गर्न सकेको छैन । त्यस्तै यसको कार्यान्वयन पक्ष पनि निकै कमजोर छ । त्यसैले पर्यटनबाट प्राप्त राजस्वको परिचालन त्यही क्षेत्रको संरक्षण, संवद्र्धन तथा स्थानीयको आर्थिक सुधारका लागि खर्च हुनुपर्छ । केही पर्यटकीय क्षेत्रमा स्थानीय सरकारले पर्यटन शुल्कको रकम पाए पनि त्यसको उपयोग त्यसको संरक्षणमा नगरेको पनि पाइन्छ । यी समस्यालाई सम्बोधन गर्न सके निकुञ्ज र स्थानीय बासिन्दाबीच सुमधुर सम्बन्ध स्थापित हुन्छ र त्यहाँको पर्यटन दिगो बन्न सक्छ ।

चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा

२८ मंसिर, जानकी (बाँके)। वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवद्र्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो । सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी […]

पर्यटन महोत्सवमा फोटो प्रदर्शनी [तस्वीरहरू]

काठमाडौं । नयाँ वर्षको अवसरमा काठमाडौं (Kathmandu)को वसन्तपुर (Basantpur) मा आयोजित दुई दिने पर्यटन महोत्सव सम्पन्न भएको छ । मल्टिमिडिया ग्रुपले आयोजना गरेको उक्त महोत्सवमा पर्यटन (Tourism)सँग सम्बन्धित छलफलसँगै फोटो प्रदर्शनी गरिएको थियो ।   महोत्सवका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले फोटो प्रदर्शनी आयोजना गर्‍यो । प्रदर्शनीमा देशभरका मुख्य पर्यटकीय गन्तव्य, संस्कृति, जात्रा, साहसिक खेल, वन्यजन्तु तथा अन्य पर्यटन झल्किने फोटो प्रदर्शनीमा राखिएका थिए ।  प्रदर्शनी संयोजक घनश्याम श्रेष्ठले प्रदर्शनीमा करिब ६० ओटा तस्वीर राखिएको जानकारी दिए ।  स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरेको फोटो प्रदर्शनीका तस्वीरहरुले देश विदेशमा नेपालको पर्यटन प्रचारप्रसार तथा प्रर्वद्धन गर्न थप टेवा पुगेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । प्रदर्शनी नेपाल पर्यटन बोर्डको सहयोग र जरुवाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।

पर्यटन प्रवर्द्धनमा गैंडा संरक्षण

नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले विश्वको जम्मा ०.१ प्रतिशत भूभागमात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्व बढ्दै […]

जनावरको काल बन्दै खडेरी, तस्वीरहरू

लामो समयदेखि खडेरीका कारण केन्यामा सयौं घरपालुवा र वन्यजन्तु जनावर मरेका छन्।खडेरीका कारण जेब्रा र हात्तीलगायत हजारभन्दा बढीको मृत्यु भएको केन्याको पर्यटन तथा वन्यजन्तु मन्त्रालयले जनाएको छ। केही दिनअघि सार्वजनिक भएको प्रतिवेदनमा हजारभन्दा बढी जनावरको मृत्यु भएको बताइएको छ।खडेरीका कारण ज्यान गुमाउनेमा ४३० जेब्रा, २०५ हात्ती र ५१ भैंसी रहेका छन्। प्रतिवेदनले यो क्षेत्रमा वन्यजन्तुहरूमा वर्षौं लामो खडेरीको प्रभाव परेको देखाएको छ।यस क्षेत्रमा संयुक्त राष्ट्रसंघ र अन्य संस्थाले मानवीय

हात्तीलाई भोज महँगो पर्‍यो

पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरी केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।...

सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद

पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरि केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।...

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।