हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

सम्बन्धित सामग्री

अमलेखगन्जमा यमगजको रजगज, हात्तीसारमा गौरीकली एक्लै

धेरै हात्ती, तिनमा सफारीका लागि आलोपालो गर्ने आन्तरिक पर्यटक पनि भीड हुन्थे । तर, अमलेखगन्जस्थित पर्सा राष्ट्रिय निकुञ्जमा हिजोआज न हात्ती सफारी छ, न त त्यसमा रमाउने पर्यटक । हात्तीसार नै अहिले सुनसान छ ।

‘हात्ती सफारी’ विस्थापित हुने त्रासमा पर्यटन व्यवसायी, हात्ती संरक्षण गर्न माग

‘सौराहामा पर्यटकीय गतिविधिमा हात्ती सहभागि हुँदै गएका थिए। यहाँ विदेशी पर्यटक कोरोनापछि कम आउन लागे। पछिल्लो समयमा मान्छेमा हात्ती चढ्न हुँदैन भन्ने सन्देश गएको हुँदा व्यवसायमा गिरावट आएको हुनाले हात्तीको चहलपहल छैन,’ सूचना अधिकारी तिवारीले भने। ‘निकुञ्ज ...

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।  निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक (नेपाली), सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया : कोरोना महामारीको दोस्रो लहर बढेपछि गत वैशाखदेखि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुुञ्ज करिब पाँच महिनापछि पर्यटकका लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि आजदेखि प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए। दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए।निकुञ्जभित्र हुने हात्ती सफारी, भने अहिले खुला गरिएको छैन। जिप सफारी र जंगल वाक, ¥य

निकुञ्जले हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायी खुशी

साउन १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्र पर्ने सामुदायिक वनमा हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायीमा केही आशा पलाएको छ ।  साउन १ गतेदेखि चितवन प्रशासनले होटल तथा रेष्टुरेण्ट निश्चित मापदण्ड तोकेर खोल्न अनुमति दिएपनि पर्यटक नआउँदा व्यवसायीहरु निराश बनेका थिए । हात्ती सफारी सञ्चालनमा आएपछि पर्यटक गतिविधि बढ्ने भन्दै अहिले उनीहरु खुशी भएका हुन् ।  ‘हात्ती सफारी खुलेपछि व्यवसायी, माउते, गाइड, स्थानीय सबैले काम पाउँछन् ।’ यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था, सौराहाका अध्यक्ष ऋषि तिवारीले भने । सौराहाको पयार्यवाचीनै हात्ती भएकोले हात्ती बिना सौराहाको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ ।  हात्ती सफारी सौराहाका पर्यटनको मेरुदण्ड र आम्दानीकोे मुख्य स्रोत भएकोले पनि हात्ती सफारी अपरिहार्य हुने व्यवसायीले बताएका हुन् ।  कोरोनाको दोस्रो लहर शुरु भएपछि बन्द भएको हात्ती सफारी, जीप सफारी र ढुंगा सयर करीब तीन महीनापछि खुला गरिएको हो । पछिल्लो पटक वैशाख १६ गतेदेखि सौराहाको सफारी बन्द भएको थियो । सौराहा होटल रेष्टुरेण्ट सञ्चालनमा आएको १२ दिनपछि सफारी खुल्ला गरिएको हो । सामुदायिक वनमा सफारीको लागि निकुञ्जले टिकट खुल्ला गरेको हो । सौराहा यही साउन १ गतेदेखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी होटलहरु आंशिक रुपमा खुला गरिएको थियो । क्षत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई हात्ती सफारी खुलेपछि मात्र सौराहा खुल्यो भन्ने सन्देश अन्तरराष्ट्रिय स्तरमा समेत जाने बताए । ‘हिजोसम्मपनि सौराहा सुनसान जस्तै लागेको थियो, उनले भने, हात्ती सफारी खुल्ने भन्ने बित्तिकै केही गतिविधि बढेको अनुभव गरेका छौं ।’ हात्ती सफारी खुल्ने वित्तिकै होटलका कर्मचारी, गाइडहरु आउनुका साथै स्थानीय पसल, मासुजन्य व्यवसाय लगायत सबै व्यवसाय चलायमान हुन लागेको उनको भनाइ छ । वर्षामा निकुञ्ज भित्र जीप सफारी सञ्चालन नहुने भएपनि सामुदायिक वनमा हात्ती सफारी गर्न पाउँदा सबैलाई राहत मिल्ने उनले बताए ।  हात्ती सफारी खुल्ने वित्तिकै बुकिङ पनि बढ्ने, पर्यटकको बसाई अवधि पनि बढ्ने र चहलपहल पनि बढ्ने रेष्टुरेण्ट एण्ड बार एशोसियसनका रेबानका अध्यक्ष दिेपेन्द्र खतिवडा बताउँछन् । ‘मुख्य गरी हात्ती सफारी गर्न नै सौराहा आउने हो, हात्ती सफारी खुलेपछि मात्रै यहांँ चहलपहल बढ्ने गर्दछ ।’ खतिवडाले भने । सौराहाको विशेषतानै हात्ती सफारी भएकोले आफूलाई खुशी मिलेको उनको भनाइ छ ।  बीसहजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका यहाँका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र ढुंगा शयरको लागि खुल्ला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीहरुको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुल्ला गरिएको उनले बताए । कोरोना महामारीको जोखिम कायमै रहेकाले तत्कालका लागि निकुञ्ज खुल्ला गर्ने अवस्था नरहेको भन्दै उनले अवस्था सामान्य बन्दै गएपछि  वर्षापछि निकुञ्ज खुल्ला गरिने उनले बताए । निकुञ्ज सफारीका लागि बाटो मर्मत गरेर मात्र निकुञ्ज खुला गर्ने योजना रहेको छ । हात्ती सफारीको लागि यहाँ निजी र सरकारी हात्ती झण्डै डेढसयको हाराहारीमा छन् ।  सामान्य  अवस्थामा चितवन निकुञ्जमा वार्षिक करीब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । सौराहाको मुख्य आम्दानीको स्रोत निकुञ्ज र सामुदायिक वनमा सफारी हो । यहाँ घुम्न आएका पर्यटकहरु दुई रात तीन दिनसम्म बस्ने गरेका छन् । सौराहामा १२० भन्दा बढी पर्यटकीय होटल तथा ८५ ओटाको हाराहारीमा रेस्टुरेन्ट छन् ।

सौराहाको व्यथा : गरीबलाई हात्ती पाल्न गाह्रो !

नेपालीमा एउटा आहान छ, गरिबलाई हात्ती पाल्न गाह्रो हुन्छ । निःशुल्क हात्ती दान दिए पनि गरीबले पाल्न सक्दैन । अहिले चितवनको सौराहामा हात्ती सफारी गराउने व्यवसायीहरुको हालत यस्तै भएको छ ।  हात्ती पाल्नेहरूले कोभिडका कारण आम्दानीभन्दा खर्च धेरै व्यहोर्नु परिरहेको छ ।  सौराहा वाइल्ड लाइफ टुरिजममा निकै प्रसिद्ध छ । मध्यवर्ती क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्रको यो संरक्षित क्षेत्रमा हात्ती सयरलाई निकै रोचक र मनोरञ्जनात्मक जंगल सफारीको रुपमा लिने गरिन्छ । हात्ती चढेर निकुञ्जभित्रका सं

विस्थापित हुने क्रममा चितवनका निजी हात्ती

वैशाख २, चितवन । जंगल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना संक्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र विक्रीसमेत गर्न थालेको जानकारी दिइएको छ । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो संख्या घटेर ३५ मा झरेको छ । संस्थाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउँछन् । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ । दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रू. एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनओटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्यांक नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रू. ८० लाखदेखि एक करोडसम्ममा विक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ ।  संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती विक्री गरेको स्वीकार गर्दैनन् ।  युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उनको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उनले बताए । उनले भने, ‘बीमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।’ कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गरे । पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत संकलन भएको व्यवसायी बताउँछन् ।  तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पुर्‍याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन । सौराहामा युनाइटेड हात्तीमा आबद्धबाहेक सपना भिलेजका आठ र ओम रिजालका आठ वटा हात्ती सञ्चालनमा रहेका छन् । विस्थापित भएका हात्ती बूढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकूदमा कुनै समस्या नहुने व्यवसायी बताउँछन् । पशु अधिकारकर्मीले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी बनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिए । क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका विषयमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउँछन् । युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्न नै चाहँदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ ।   हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुंगी हेरेर रमाउने गरेको घिमिरेको भनाइ छ । गत वर्ष कोरोना संक्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । रासस

घुम्नुको फाइदैफाइदा

सबैभन्दा रमाइलो त मलाई चितवन राष्ट्रिय निकुञ्ज जाँदा पो भयो । त्यहाँ गरेको हात्ती सफारी त कहिल्यै भुल्न सक्दिनँ ।

हात्ती सफारी संकटमा

विश्वभरका पशु अधिकारवादी र टुर अपरेटरले हात्ती सफारी बन्द गर्नुपर्ने आवाज उठाउन थालेपछि नेपालको जंगल पर्यटन संकटमा पर्ने देखिएको छ।

बन्द भयो हात्ती सफारी

यदि हात्तीमा बसेर चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीमा निस्किने तपाईंको धोको छ भने अब त्यो पूरा नहुन सक्छ ।