ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् । संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उ