चर्चित सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को प्रभाव र भविष्यमाथि मन्थन भइरहेको छ । लामिछानेले असार ७ मा राष्ट्रिय सभागृहबाट नयाँ पार्टीको घोषणा गरेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । वैकल्पिक राजनीतिको असफल विगत र रविको लोकप्रियता राजनीतिक बहसको कसीमा छ ।प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा घोषणा भएको रविको पार्टीप्रति युवा आकर्षण पनि देखिएको छ । यसलाई जनमतमा बदल्नु उनका लागि चुनौती छ । पार्टी घोषणापछि प्रकट भएको सद्भावलाई विचार र एजेण्डामार