उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए। गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए।...
चितवन । भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणका कामलाई प्राथमिकता दिइने भएको छ । यसका लागि महानगरका २९ ओटै वडालाई निर्देशन समेत दिइएको छ ।
वडागत बजेट दुई करोड ६० लाख रुपैयाँ सिलिङअन्तर्गत रही तयार गर्न पनि निर्देशन दिइएको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । उनका अनुसार महानगर अन्तर्गतका सम्पूर्ण वडाहरूले आफ्नो वडाहरूमा योजना तथा कार्यक्रमको प्राथमिकताको आधार बनाई वडागत योजना तथा कार्यक्रम छनोट गर्नुपर्ने भनी निर्देशन दिइएको छ ।
जसअनुसार वडास्तरीय पूर्वाधार विकास योजना न्यूनतम ४० प्रतिशत, ग्राभेलिङका लागि न्यूनतम पाँच प्रतिशत, शैक्षिक विकासमा न्यूनतम १० प्रतिशत, स्वास्थ्यमा पाँच प्रतिशत, लक्षित वर्गको क्षमता विकासमा तीन प्रतिशत, कृषि तथा पशु विकासमा पाँच प्रतिशत, शीप विकासमा दुई प्रतिशत, पर्यटन पूर्वाधारमा दुई प्रतिशत, अन्य पूर्वाधारमा १८ प्रतिशत, विपद् व्यवस्थापनमा चार प्रतिशत र आकस्मिक पुँजीगत कार्यमा तीन प्रतिशत गरी कुल दुई करोड ६० लाखको वडागत बजेट सिलिङ तयार पार्न परिपत्र गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।
समग्र देशको तथा महानगरको आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने योजना तथा कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखी योजना छनोट गर्नुपर्ने उल्लेख गरिएको छ । जनताको जीवनस्तरमा प्रत्यक्ष सहयोग पुग्ने गरी आम्दानी तथा रोजगारी सृजना बढाउन योगदान पुर्याउने योजना तथा कार्यक्रम छनोट गर्ने स्थानीय बासिन्दाहरूको सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने योजना छनोट गर्ने र स्थानीय स्रोत, साधन, ज्ञान, शीपको अधिकतम प्रयोग हुने खालका योजना तथा कार्यक्रम छनोट गर्न सबै वडालाई परिपत्र गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।
प्राथमिकताका अन्य आधारहरूमा महिला, बालबालिका तथा पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने र लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने योजनाहरूलाई प्राथमिकतामा राखी समतामूलक समाज निर्माण गर्न मद्दत पुग्ने योजना तथा कार्यक्रम छनोट गर्ने भनेर निर्देशन गरिएको छ ।
यसैगरी दिगो विकासका लक्ष्यलाई हरेक नागरिकको दैनिक जीवन पद्धतिलाई लाभ हुने गरी वडागत योजना तथा कार्यक्रमसँग मूलप्रवाहीकरण, स्थानीयकरण तथा संस्थागत हुने गरी योजनाहरूको छनोट गरी मानव, वातावरण र प्रकृतिसँगको सानिध्यतामा खलल नपुग्ने खालका योजनाहरूको छनोट गर्ने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुग्ने, वडास्तरीय योजना छनोट गर्दा स्थानीय बुद्धिजीवी, विषय विज्ञ, अनुभवी, पेसाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सरोकारवालाहरूको सक्रिय सहभागिता गराई कार्यक्रम छनोट गर्न वडा तहमा निर्देशन गरिएको छ ।
त्यसैगरी युवा उद्यमशीलता संस्कृति विकासका लागि युवा स्वरोजगार कार्यक्रमलाई विशेष प्राथमिकता प्रदान गर्ने खालका योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिने, एक आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिने उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न सहयोग पुग्ने र छिटो प्रतिफल प्राप्त गर्न सकिने उत्पादनमूलक योजना मात्र छनोट गर्ने, पूर्वाधार विकासमा योजना छनोट गर्दा १० लाखभन्दा कम लागतको योजना छनोट नगर्ने भनी निर्देशन भएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।
काठमाडौं । आसन्न मंसिर ४ को चुनावका लागि पुनर्जागरण पार्टी, नेपालले महामन्त्री रविकिरण हमाल घोषणापत्र लेखनको जिम्मेवारी दिएको छ । घोषणापत्रको तयारीस्वरूप उनले दिनहुँ विषय विज्ञ, युवा र सर्वसाधारणसँग सुझाव लिइरहेका छन् । पुनर्जागरण पार्टीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ । कूटनीति, कर्मचारी प्रशासन, न्यायलय, सुरक्षा, विश्वविद्यालय, संवैधानिक आयोग र स्वास्थनीतिमा […]