रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।...

सम्बन्धित सामग्री

रसुवागढी नाकाबाट भित्रियो ६५ अर्बको सामान

रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँबराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।

रसुवागढी नाकाबाट भित्रियो ६५ अर्बको सामान

रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँबराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।

रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको  आयात

काठमाण्डौ – रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको सामग्री आयात भएको छ । साउनदेखि असोज मसान्तसम्म पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात भएको हो । आयात भएका सामग्रीमा स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् । हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको छ । त्यस्तै रसुवागढी नाकाबाट तिहारका लागि स्याउ, ओखर, किभीलगायतका फलफूल आया...

नाकामा पटक-पटक चिनियाँ अवरोध : सहज बनाउन के पहल गर्दैछ सरकार ?

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा तातोपानी र रसुवागढी नाकाबाट चीनतर्फको निर्यात शून्य छ । यही समयमा तातोपानी नाकाबाट १ अर्ब १८ करोड रुपैयाँ र रसुवागढी नाकाबाट २ अर्ब ४२ करोड रुपैयाँको आयात भएको छ ।  यस्तै, गत आर्थिक वर्ष २०७८/७९ मा समेत नेपालबाट चीनतर्फको निर्यात शून्य थियो । सोही अवधिमा तातोपानी नाकाबाट १४ अर्ब २ करोड र रसुवा नाकाबाट २४ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । गत वर्ष अर्बौंको आयात भएपनि चिनियाँ पक्षले पटक–पटक यी नाकामा अवरोध खडा गर्यो ।नेपालबाट चीनतर्फको निर्

राजस्व सङ्कलन १० प्रतिशतले बढ्याे

रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको हो ।  रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले साउनदेखि चैतसम्ममा पाँच अर्ब १३ करोड १७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पाँच अर्ब ६४ करोड ९९ लाख १५ हजार रुपैयाँ सङ्कलन गरेको छ । पछिल्लो समय चिनियाँ पक्ष...

रसुवागढी नाकाबाट सवारीसाधनको आयात बढ्दै

रसुवा । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारीसाधनको आयात बढ्न थालेको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ट्रक ३५, मिनी बस ६, माइक्रोबस १६, कंक्रिट मिक्स्चर लरी तीन, डेलिभरी भ्यान दुई, ठूलो क्रेन एक, विद्युतीय कार चार, टिल्लर ५८, विद्युतीय स्कुटर चार, र साइकल ३६ ओटा आयात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । गत आथिक वर्षमा रसुवागढी नाकाबाट साना ठूला गरी ५६८ सवारीसाधन स्वदेश भित्रिएका थिए । यस वर्ष सवारीसाधनको आयात ठूलो संख्यामा बढ्ने संकेत देखिएको छ । कोभिडको संक्रमण बढेसँगै चिनियाँ सवारीसाधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताएका छन् । निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले बताएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्प्युटरका पाटर््स, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् । यस्तै दशैं नजिकिँदै व्यवसायीले स्याउ आयात बढाएका छन् । यही असोज १ देखि ७ गतेसम्ममा २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलका साथै सबै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् । उत्पादक कम्पनीसँग सामान माग गरेपछि छिटो छरितो तवरले चिनियाँँ टान्सपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको छ । चालू आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट १ अर्ब ५९ लाख ९ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालयले बताएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ । रसुवामा प्राय सबै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दाे हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगिरहेको भन्सार कार्यालयले बताएको छ । कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनका लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालवाहक सवारीसाधन पार गराउन तीन दिनसम्म लाग्ने समस्या छ । रासस

रसुवागढी नाकाबाट चार महिनामा ३ अर्ब ७३ करोड बराबरको सामग्री आयात

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात घटेको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको सामग्री आयात भएको छ।

रसुवागढीबाट २७ अर्बको सामग्री आयात

रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ ।

रसुवागढीबाट ३ अर्बको आयात

रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँको सामान आयात भएको छ । चालु आवमा गत वर्षको भन्दा बढी सामान आयात भएको हो ।