रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि, दैनिक १४ कन्टेनर सामग्री भित्रिदैं

चैत ३, रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रिने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ संक्रमणका कारण विगतदेखि घटेको आयात वृद्धि गराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र  सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो  ।  दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधवारदेखि वृद्धि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयात हुने माल सामग्री बिहीवार बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जानकारी दिएका छन् । नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्वता गरिसकेको उनले बताए । कोरोना संक्रमण पश्चात् सामग्री आयातमा कमि हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टिगर्ने मजदूरसमेत उत्साहित बनेका छन् । दैनिक १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टि हुने र ५०/६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ । विसं २०७२ को मंसिरदेखि केरूङबाट पल्टि गरिँदै आएको चिनियाँ सामग्री कोरोना संक्रमण बढेसँगै मितेरी पुलबाट मानिस आवतजावत् समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ ।  कोरोना संक्रमण पश्चात पहिलो चरणमा तीन दोस्रोमा छ तेस्रोमा नौ ओटा हुँदै पछिल्लो समय स्थानीय प्रशासनको मैत्रीबार्ता मार्फत बुधवारदेखि चिनियाँ ठूला १४ कन्टेनरमार्फत चिनियाँ सामग्री रसुवागढी आउन थालेको हो । चिनियाँ भूभागको ढुवानीकर्ता मुसा ट्रान्सफरका प्रबन्ध निर्देशक झ्याङ्सीपिङले नेपाली व्यवसायीको माग बमोजिम चीनको उत्पादक कम्पनीबाट रसुवागढीसम्म सामग्री ढुवानी कार्यलाई छिटोछरितो गरिरहेको र आगामी दिनमा नेपाल पठाउने सामान ढुवानीमा पहिलो प्राथमिकता दिने बताए । उनले चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामो हुने र रसुवागढीको मार्ग अत्यन्तै सरल एवं छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिला देखिनै गोदाम तयार गरिराखेको जानकारी दिए । यसैगरी चिनियाँ सामानको आयात बढाउन रसुवाका प्रजिअको प्रयास स्वागतयोग्य भएको व्यवसायीले जानकारी दिएका छन् । व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि भइरहेको बताए । आयात हुने सामग्रीमा साना तथा ठूला सवारी साधन, नेपालमा सञ्चालित जलविद्युत्का उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसूनसमेतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जानकारी दिएको छ ।  चीनबाट आयात भएका सामग्रीको मूल्यांकनबाट चालू आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म भन्सार शुल्कबापत रू. १५ अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए । प्रमुखभन्सार अधिकृत डा रामप्रसाद मैनालीले चीनबाट आयात भएका सामग्री छिटोछरितो परीक्षण एवं जाँचपास गर्न भन्सार प्रशासन तयार रहेको जानकारी दिए ।  उनले स्याउ, अदुवा, लसुन जस्ता वस्तुको जाँचपासमा पहिलो प्राथमिकता र अन्य सामानको हकमा क्रमबद्व रूपले छिटोछरितो जाँचपास गरिँदै आएको बताए । रासस

सम्बन्धित सामग्री

रसुवागढी नाकाबाट भित्रिन थाले समानका कन्टेनर

रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ।

रसुवागढी नाकाबाट भित्रिन थाले सामानका कन्टेनर

काठमाडाैँ- रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ। केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो। आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो। गत भदौ ३० बाट […]

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थाले पश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द  गराएको थियो ।  आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढी स्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सु

चीनतर्फको उत्तरी नाका रसुवागढी र तातोपानी नाकाबाट रोकिएका सामग्री भित्रिन थाले

काठमाण्डाै - कोरोनाका कारण तिब्बतमा गरिएको लकडाउनपछि बन्द रसुवागढी र तातोपानी नाकाबाट सामग्रीको आयात सुरु भएको छ । चीनतर्फ रोकिएका व्यापारिक सामग्रीमध्ये पहिलो चरणमा हिजो सात चिनियाँ कन्टेनर रसुवागढीमा आइपुगेको छ । साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट हिजोदेखि व्यापारिक सामग्री आयात सुरु भएको हो । कोभिड–१९ नियन्त्रणका लागि भन्दै यो नाका चिनियाँ पक्षले बन्द गरेको थियो । चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका बेला भएको छलफलपछि रसुवागढी नाकाबाट सामग्री आयात हुन थालेको हो । ...

रसुवागढी नाकाबाट भित्रिने कन्टेनरको संख्या १४ पुग्यो

४ चैत, काठमाडौं । रसुवागढी नाकाबाट मालवस्तु आयात गर्ने कन्टेनरको संख्या वृद्धि भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार बुधबारदेखि चिनतर्फबाट दैनिक मालवस्तु आयात गर्ने कन्टेनरको संख्या १४ पुगेको छ । यसअघि सो नाका भएर दैनिक ९ कन्टेनर सामान भित्रिने गरेको थियो । प्रत्येक दिन बिहान ७ देखि साँझको ७ बजेसम्म ती कन्टेनरहरु चाँजपास भइरहेको […]

रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।कोभिड–१९ सङ्क्रमणका कारण घट्दै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन नेपालका तर्फबाट भएको प्रयास फलदायी भएको छ । नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको र

रसुवागढीमा चिनियाँ कन्टेनर थप्ने सहमति

काठमाडौं : रसुवागढी नाकाबाट नेपाल आयात हुने चिनियाँ सामग्रीको परिमाण चैत्र १ देखि बढ्ने भएको छ।रसुवा र केरुङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। चैत्र १ गतेबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले थाहा खबरलाई जानकारी दिए।उनका अनुसार नेपालले २५ वटा कन्टेनरमा सामग्री पठाउनका लागि माग गरेको थियो। थप कन्टेनर राख्ने

रसुवागढी नाकाबाट आयात सुचारु

रसुवा- हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ ।चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो । चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्ल्लिएसँगै बुधबार नौ […]

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

रसुवा– दशैँमा फलपूmलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दशैँका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको […]

रसुवागढी नाकाबाट दुईदिनमै ३६ कन्टेनर स्याउ भित्रियो

दसैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन्। शनिबार र आइतबार दुई दिनको अन्तरालमा ३६ कन्टेनर  स्याउ नेपाल भित्रिएको  हो। सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका...