रसुवागढीबाट २७ अर्बको सामग्री आयात

रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ ।

सम्बन्धित सामग्री

चीनबाट ६५ अर्बको सामान आयात - Nepal Japan

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएक

चीनबाट ६५ अर्बको सामान नेपाल आयात

गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ।

३० अर्बको ५ लाख २० हजार टन रासायनिक मल आयात हुँदै

कृषि सामग्री कम्पनीले तीन लाख ६४ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले एक लाख ५६ हजार टन मल आपूर्ति सुरु गरिसके रासायनिक मलमा अनुदानका लागि चालू आर्थिक वर्ष ०८०/८१ मा विनियोजित...

कञ्चनपुर भन्सार कार्यालय डेढ अर्बको आयात, निकासी १ करोड ८० लाखको मात्र

महेन्द्रनगर। कञ्चनपुरस्थित नेपालको पश्चिमी सीमा नाकाबाट गत आर्थिक वर्ष (आव) २०७९/८० मा रू. १ अर्ब ४७ करोडको सामान आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीको तथ्यांकले यस्तो देखाएको हो ।  भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माले यस नाकाबाट आयातको तुलनामा निर्यात अत्यन्त न्यून रहेको बताए । स्वदेशी उत्पादन न्यून हुँदा निर्यातमा ह्रास भएको उनको भनाइ छ । उनका अनुसार गत आवमा सो भन्सार नाकाबाट रू. १ करोड ८० लाखको सामान मात्र निकासी भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएका मुख्य वस्तुहरूमा कपडा, तरकारी, घरायसी प्रयोजनका सामग्री, सवारीसाधनका पार्ट्स लगायत रहेका छन् । यस्तै निर्यात हुने प्रमुख वस्तु हस्तकला रहेको छ । सो अवधिमा हस्तकलाका सामग्री मात्रै रू. १ करोड ७२ लाख मूल्य बराबरको निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ । सीमा नदी महाकालीमा उच्च क्षमताको मोटरेबल पुल नहुँदा अन्य नाकाको तुलनामा यहाँबाट आयात निर्यात कम हुने गरेको भन्सार कार्यालय प्रमुख विश्वकर्माले बताए । अघिल्लो आव २०७८/७९ मा रू. १ अर्ब ५४ करोडको आयात गरिएकोमा निर्यात रू. ५ करोड ६४ लाख बराबरको थियो । यता, मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभाव भन्सार राजस्व संकलनमा पनि देखिएको छ । उक्त भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा भन्सार कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ । भन्सार कार्यालय प्रमुख विश्वकर्माका अनुसार आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो । यद्यपि भन्सार विभागको राजस्व संकलनको तुलनामा कञ्चनपुर भन्सार कार्यालयको प्रगति राम्रो भएको दाबी उनले गरे । ‘गत आवमा विभागले ५८ प्रतिशत राजस्व संकलन गरेकोमा भन्सार कार्यालय कञ्चनपुरले ७१ प्रतिशत राजस्व संकलन गरेको छ,’ उनले भने । उक्त कार्यालयले अघिल्लो आवमा रू. ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य पाएकोमा ४६ करोड २२ लाख संकलन गरेको थियो ।

स्वीस सिंगापुरले पायो ५ अर्बको मल आयात ठेक्का

२ मंसिर, काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ । कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता […]

चीनबाट नेपाल आयो तिहारकेन्द्रित पाँच अर्बको सामान

रसुवागढी नाकाबाट तिहारकेन्द्रित पाँच अर्बभन्दा बढीको सामग्री आयात भएको छ ।

तातोपानीबाट साढे आठ अर्बको आयात

नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष बन्द भएको सो नाका २०७६ जेठ १५ गते सञ्चालनमा आएको थियो । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार गत जेठ १५ पछि आठ अर्ब २० करोड मूल्य बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको छ ।

वार्षिक साढे छ अर्बको काठ आयात

झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ ।

चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट फर्निचरका सामग्री आयात

मुलुकमा प्रयोग हुँदै आएका काष्ठजन्य सामग्री (फर्निचर) बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुँदै आएको छ । चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ मूल्यका फर्निचरका सामग्री आयात गर्दै आएको सम्बद्ध व्यवसायीले बताउँदै आएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभामा वार्षिक रु २० अर्बको फर्निचर…