रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको हो ।
रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले साउनदेखि चैतसम्ममा पाँच अर्ब १३ करोड १७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पाँच अर्ब ६४ करोड ९९ लाख १५ हजार रुपैयाँ सङ्कलन गरेको छ । पछिल्लो समय चिनियाँ पक्ष...