रसुवागढी नाकाबाट सवारीसाधनको आयात बढ्दै

रसुवा । उत्तरी नाका रसुवागढीबाट चीनमा निर्मित सवारीसाधनको आयात बढ्न थालेको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ट्रक ३५, मिनी बस ६, माइक्रोबस १६, कंक्रिट मिक्स्चर लरी तीन, डेलिभरी भ्यान दुई, ठूलो क्रेन एक, विद्युतीय कार चार, टिल्लर ५८, विद्युतीय स्कुटर चार, र साइकल ३६ ओटा आयात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । गत आथिक वर्षमा रसुवागढी नाकाबाट साना ठूला गरी ५६८ सवारीसाधन स्वदेश भित्रिएका थिए । यस वर्ष सवारीसाधनको आयात ठूलो संख्यामा बढ्ने संकेत देखिएको छ । कोभिडको संक्रमण बढेसँगै चिनियाँ सवारीसाधन रसुवागढीको मितेरी पुलसम्म चिनियाँ चालकले ल्याउने गरेको र भन्सार जाँचपास भएपछि नेपाली चालकले आफ्नो गन्तव्यतर्फ लाने गरेको कार्यालयका प्रवक्ता नरेन्द्र चौधरीले बताएका छन् । निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने उपकरणसमेत रसुवागढी नाकाबाट आयात भइरहेको कार्यालयले बताएको छ । आयात हुने अन्य सामग्रीमा तयारी पोशाक, मोबाइल फोन, जुत्ता, चप्पल, कम्प्युटरका पाटर््स, विद्युतीय पार्टपुर्जा, स्याउ, ओखर, लसुन, थर्मसलगायत छन् । यस्तै दशैं नजिकिँदै व्यवसायीले स्याउ आयात बढाएका छन् । यही असोज १ देखि ७ गतेसम्ममा २४ कन्टेनर अर्थात् २४० टनभन्दा बढी परिमाणको स्याउ आयात भइसकेको छ । व्यवसायी धर्म पौडेलका अनुसार नेपाली बजारको माग आपूर्ति सहज पार्न फलफूलका साथै सबै प्रकारका सामग्री आयातको व्यवस्थापनमा व्यापारी व्यवसायी व्यस्त छन् । उत्पादक कम्पनीसँग सामान माग गरेपछि छिटो छरितो तवरले चिनियाँँ टान्सपोर्ट कम्पनीले रसुवागढीसम्म ढुवानी गर्ने गरेको छ । चालू आवको साउनदेखि हालसम्म चीनबाट आयात भएका सामग्रीबाट १ अर्ब ५९ लाख ९ हजार रुपैयाँ राजस्व असुली भएको भन्सार कार्यालयले बताएको छ । इन्टरनेट तथा विद्युत्को अवरोध भइरहँदा आयात भएका सामग्रीको जाँचपासका कठिन भएको छ । रसुवामा प्राय सबै प्रकारका प्रविधि भित्रिए पनि दिगो र भरपर्दाे हुन सकेको छैन । इन्टरनेटकै अभावमा भन्सार राजस्व असुलीमा बाधा पुगिरहेको भन्सार कार्यालयले बताएको छ । कार्य सञ्चालन गर्न विद्युत्का लागि जेनेटर प्रयोग गर्ने गरिएको र इन्टरनेट सञ्चालनका लागि नेपाल टेलिकमसँग अनुरोध भइरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । अधिकांश समय स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको राजमार्ग अवरूद्ध भइरहँदा जाँचपास भएका मालवाहक सवारीसाधन पार गराउन तीन दिनसम्म लाग्ने समस्या छ । रासस

सम्बन्धित सामग्री

रसुवागढी नाका : तीन सयभन्दा बढी सवारीसाधन आयात

काठमाडौं : रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन्।नेपाली  व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हुन्। यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिकार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन्।आयात भएका धेरैजसो सवारीसाधन भन्सार प्रक्र

रसुवागढी नाका  तीन सयभन्दा बढी सवारी साधन आयात

रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली  व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको...

नयाँ सरकार गठनलगत्तै चीनले खुलायो रसुवागढी नाका

काठमाडौं। नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु भएको छ। कोरोना महामारीलाई देखाएर लामो सयमदेखि बन्द रहेको नाका बुधबरबाट दुईतर्फी सूचारु भएको हो। झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको हो। भन्सार विभागका अनुसार तातोपानी नाकाबाट समेत वस्तु निर्यात गर्ने तयारी छ। २०७६ माघ १४ गते चीनले स्थालमार्गबाट वस्तु आयात निर्यात बन्द गरेको थियो।

करिब ३ वर्षपछि पूर्णरूपमा सञ्चालनमा आयो रसुवागढी नाका

लामो समयदेखि निर्यात रोकिएको रसुवागढी नाकाबाट चीन तर्फको निर्यात सुरू भएको छ । करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट हिजो मंगलबारदेखि निर्यात सुरू भएको हो । चिनियाँ पक्षले २०७६ साल माघदेखि चीन तर्फको निर्यात रोकेको थियो ।चीनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै आफ्नो तर्फको आयात रोक्दै नेपालतर्फ हुने निर्यातमा समेत कडाई गरेको थियो । हिजो मंगलबारदेखि निर्यात सुरू भएको भन्सार प्रमुख नारयण भण्डारीले बताए । निर्यातमा समेत कडाई गरेपछि २०७६ सालको लकडाउनको समयमा करोडौ रुपैयाँ ब

केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि निरन्तर हुने अपेक्षा गरिएको छ । सुरुमा भाषाको समस्या देखाएर चिनियाँ पक्षले नेपालबाट हुने निर्यातअन्तर्गत खाद्य सामग्रीमा रोक लगाएको थियो ।

हिमपातका कारण एक सातादेखि रसुवागढी नाकाबाट आयात ठप्प

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट एक सातादेखि आयात ठप्प बनेको छ । चीनतर्फको भुभागमा गत मंगलबार र बुधबार परेको बाक्लो हिमपातका कारण एक सातादेखि रसुवागढी नाका हुँदै नेपाल सामान आयात...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्यो

काठमाडौं, (नेस) । रसुवागढी नाका हुँदै नेपाल आयात गरिने सवारी साधनको संख्या बढेको छ । चालू आर्थिक वर्षमा सो नाका हुँदै ट्रक डम्फर ३५, मिनी बस ६, माइक्रो बस १६, कंक्रिट मिक्सरलरी ३, डेलिभरी भ्यान २, ठूलोक्रेन १, विद्युतीय कार ४, ट्रेलर ५८, विद्युतीय मोटर १६, विद्युतीय स्कुटर ४, ट्रक ६ र साइकल ३६ आयात […]

रसुवागढी नाकाबाट १ सय ६१ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवा – चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय ६१ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ ।  गएको साउनदेखि बैशाख मसान्तसम्म १ सय ६१ टन खाद्य सामग्री आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ । तथ्यांक अनुसार फूल तथा सागपात ३७ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य ५७ टन, मसलाजन्य ३ दशमलव ४ टन, दुधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशमलव ४, चियाजन्य १२ दशमलव ५ र सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा ...

रसुवागढी नाकाबाट व्यापारिक कारोवार शुरू

धुन्चे । ल्होछार पर्वका कारण बन्द   नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा  कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पुर्याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका

रसुवागढी नाकाबाट व्यापारिक कारोवार शुरू

नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज पहिलो दिन चिनियाँ ठूलो सात वटा  कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो ।     रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चिनियाँ सात वटा सवारी साधनले मितेरी पुलमा पु¥याएका सामग्री नेपाली १५ वटा कन्टेनरमा राख्ने काम सम्पन्न भई भन्सार प्रक्रिया अगाडि बढेको हो । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोशाकजस्...