अमेरिकाका लागि आवासीय राजदूत खत्रीले लिए शपथ

काठमाडौं : संयुक्त राज्य अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा.श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट खत्रीले शपथग्रहण गरेका हुन्।कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो। 

सम्बन्धित सामग्री

प्रधान सेनापति र इन्डोनेशियाका गैर आवासीय राजदूतबीच भेट

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इन्डोनेशियाका गैर आवासीय राजदूत हेरु हर्तानो सुबोलोबीच बिहीबार भेट भएको छ। उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ […]

ब्राजिलका लागि आवासीय राजदूतमा काफ्ले नियुक्त

१५ साउन, काठमाडौं । ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ। त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको…

राष्ट्रपतिद्वारा दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका हुन् ।

जापानका लागि आवासीय राजदूत नियुक्त

काठमाडौँ– सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । यसैगरी, उनले भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत […] The post राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकाका लागि आवासीय राजदूत खत्रीलाई मेक्सिकोको पनि जिम्मेवारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा खत्रीलाई राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल…

प्रधानसेनापति र इण्डोनेसियाका गैर–आवासीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ – नेपालको लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन्। प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको […]

प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं : प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि आवासीय राजदूतमा नियुक्त भएका छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन्।

आवासीय राजदूत आचार्यद्वारा शपथ

काठमाडौं  : संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।शीतलनिवासमा बुधबार राष्ट्रपति भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।