प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि आवासीय राजदूत नियुक्त
काठमाडौं : प्राध्यापक श्रीधर खत्री अमेरिकाका लागि आवासीय राजदूतमा नियुक्त भएका छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खत्रीलाई अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ।