मकवानपुर : मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ। बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले कोरोना संक्रमणमा कमी नआएको भन्दै जेठ ३१ गतेसम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।यसअघि केन्द्रले जारी निषेधाज्ञा अवधि बिहीबार रातिबाट सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर ३१ गतेसम्म पुर्याउने निर्णय गरेको छ। बैठकले अत्यावश्यक सेवा, खाद