रौतहटमा निषेधाज्ञा फेरि लम्ब्याउँदै अगामी जेठ २६ गते रातिसम्म कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेको देखिएकाले निषेधाज्ञालाई निरनतरता दिईएको जानकारी दिए ।