भदौ ८ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ। आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थपेको हो। आज थप गरिएको निषेधाज्ञा यही साउन २८ गतदेखि लागू हुने छ। यसअघि थप गरिएको निषेधाज्ञा साउन २८ गतेदेखि सकिँदै छ। सोही कारण, जिल्ला प्रशासन कार्यालयहरूको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याएको हो।

सम्बन्धित सामग्री

रूपन्देहीमा जारी निषेधाज्ञा भदौ ३१ सम्म लम्बियो

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरातसम्मका लागि लागि लम्ब्याइएको हो । यस बीचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको हो । डिसीसीएमसीको बैठकले निषेधाज्ञा जिल्लामा […]

काठमाडौंको निषेधाज्ञा भदौ १६ सम्मका लागि लम्बियो

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

तीजमा कडाइ गर्ने रणनीतिसहित रुपन्देहीमा १५ दिन लम्बियो निषेधाज्ञा

बुटवल : रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि लम्बिएको छ। सोमवार दिउँसो बसेको डीसीसीएमसीको बैठकले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए। तीज नजिकिँदै गरेकाले विभिन्न होटल तथा पार्टी प्यालेसमा कार्यक्रम गर्दा…