पाल्पामा निषेधाज्ञा लम्बियो

पाल्पा। पाल्पामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेका अनुसार जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्ब्याएर असार १२ गते राति १२ बजेसम्म पुर्‍याईएको हो। खाद्यान्न, बैंक तथा वित्तीय संस्थाहरु निश्चित समयसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्ब्याइएको हो।

सम्बन्धित सामग्री

पाल्पामा लम्बियो निषेधाज्ञा

पाल्पा। जिल्लामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्बाएर असार १२ गते राती १२ बजेसम्म पुर्‍याइएको हो। खाद्यान्न, बैक तथा वित्तिय संस्थाहरु निश्चित समय अवधिसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्बाइएको उनले बताए।

पाल्पामा निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बियो

जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिलला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।