नेपालमा मनसुन सुरु भएसँगै यस वर्ष पहाडदेखि तराईसम्म बाढीपहिरोको विपत्ले सतायो । अहिलेसम्म १२२ जनाले ज्यान गुमाए । ८२७ घरका स्थानीयलाई घरबारविहीन बनायो । अझै ४६ जना बेपत्ता छन् । विपत्ले सताएपछि स्थानीयसँग सरकारको मुख ताक्नुबाहेक अन्य विकल्प छैन । बाढीपहिरोले बिचल्ली बनाएको अवस्थामा कतिपयसँग न त घर छ न त रोजगारको अवस्था । राहतमा आएको पीठो, ढिँडो खाएर गुजारा गरिरहेका छन् ।
असार १ गते राति हेलम्बु गाउँपालिकाको गणेशेबगरका दमाई तामाङको अवस्था पनि नाजुक छ । उहाँको घर मेलम्ची नदीमा आएको लेदो बाढीमा विलीन भयो । श्रीमती र