कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ । प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्राभेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्म