जुम्ला-कर्णालीको आर्थिक समृद्धिको आधार तर मृत्युमार्गको उपनामले परिचित कर्णाली राजमार्ग स्तवृद्धिले गति लिएको छ । डबल लेन निर्माण, कालोपत्रे, ग्राभेललगायत राजमार्ग स्तरवृद्धिका काम धमाधम भइरहेका छन् ।कालिकोट जुम्ला खण्डको अति अप्ठयारो पिली क्षेत्रमा सडक कालोपत्रे भएपछि ढुक्कले सवारी गुड्न थालेका छन् । सुर्खेतको बांगेसिमलदेखि जुम्लासम्मको २ सय ३२ किमि लामो कर्णाली राजमार्गको दैलेख खण्डमा भने […]