कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे हुन सुरु भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिकाको मुल सडक सान्तीघाट वडिमालिका सडक खण्डको १२ किलोमिटर सडक कालोपत्रे हुन सुरु भएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि सडक कालोपत्रको काम सुरु गरिएको छ ।