खेलस्थलमा पत्रकारको पहुँच घट्दै गएकोमा चिन्ता

१८ असार, काठमाडौं । नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि खेलकुद पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को ९७ औं विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शुक्रबार भएको भर्चुअल अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । अन्तरक्रियामा एआईपीएसका अध्यक्ष जियानी मिर्लोले कोभिड–१९ को प्रभावसँग खेलकुद […]

सम्बन्धित सामग्री

‘कृषि र वन विज्ञानमा विद्यार्थीको रुचि घट्दो छ’

काठमाडौं । कृषि प्रधान देश हो नेपाल । तर कृषि शिक्षामा विद्यार्थीको आकर्षण निरन्तर घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने बढ्न सकेको छैन । कृषि, पशु विज्ञान जस्ता विषयमा विद्यार्थीहरूको आकर्षण घट्नुको कारण के हो ? कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको अवस्था कस्तो […]

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

काठमाडौँ – सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक […]

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंकिङ कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको […]

‘संगीतमा पहुँच बढ्यो, कलाकारको ब्राण्ड भ्यालु चाहिं घट्दै गयो’

भाइरल गीत-संगीतको होड र भिडियोमा बढी केन्द्रित हुने प्रवृत्ति बढ्दा राम्रा गीतको सिर्जना कम भएको हुनसक्ने हिमाल सागरको विश्लेषण छ ।

घट्दै छ गहुँ उत्पादनको क्षेत्रफल

काठमाडौं । उत्पादनको हिसाबले गहुँ नेपालको तेस्रो प्रमुख खाद्य बालीमा पर्छ । उत्पादनको प्रचुर सम्भावनासमेत बोकेको तेस्रो प्रमुख खाद्य बाली उत्पादन हुने जमीनको क्षेत्रफल भने वर्षेनि घट्दै गएको देखिन्छ । पछिल्लो ७ वर्षमा नेपालमा गहुँखेती हुने जमीनको क्षेत्रफल ५१ हजार ३०० हेक्टरले घटेको सरकारी तथ्यांक छ । लागतअनुसार उत्पादन नहुनु र अन्य बालीको तुलनामा गहुँ भित्र्याउन झन्झटिलो प्रक्रिया हुनुलाई गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल घट्नुको प्रमुख कारण मानिएको छ । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी आफूले जानेदेखि नै गहुँखेतीलाई घाटा खेतीका रूपमा हेर्ने गरिएको सम्झन्छन् । ‘हिजोका दिनमा किसानसँग अर्को विकल्प थिएन । त्यसैले घाटा नै भए पनि बाध्य भएर गहुँखेती गर्थे । अहिले छोटो समयमै नाफा दिने अन्य बालीका विकल्प किसानसँग छन्, जसले गर्दा गहुँ उत्पादनमा किसानको विकर्षण धेरै छ,’ उनले भने, ‘गहुँबाट धानजस्तो सहज तरीकाले दाना निकाल्न कठिन छ । पहाडी क्षेत्रमा थ्रेसिङ मेशिन पुग्न सकेका छैनन् । हिउँदे बाली भएकाले समयमा सिँचाइको व्यवस्था पनि गर्न सकिँदैन ।’ उन्नत जातको बीउ र मलको अभाव पनि किसानले भोग्नुपरेको उनले बताए । ‘यसले गर्दा गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल विस्तार हुन सकेको छैन,’ उनले आर्थिक अभियानसँग भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालमा कुल ७ लाख ६२ हजार ३७३ हेक्टर जमीनमा गहुँखेती गरिएको थियो । त्यस वर्ष १९ लाख ७५ हजार ६२५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । आव २०७७/७८ सम्म आइपुग्दा उत्पादनको क्षेत्रफल ५१ हजार ३०६ हेक्टरले घटेर ७ लाख ११ हजार ६७ हेक्टर कायम भएको छ । उत्पादन भने बढेर २१ लाख २७ हजार २६७ मेट्रिक टन पुगेको देखिन्छ । यद्यपि यो उत्पादन अपेक्षाअनुरूप नभएको मन्त्रालयको भनाइ छ । आव २०७७/७८ को तथ्यांकअनुसार धानबालीले कुल खेती हुने जमीनमध्ये ५० दशमलव ५६ प्रतिशत, मकै बालीले २६ दशमलव ९६ प्रतिशत र गहुँबालीले १९ दशमलव १३ प्रतिशत ओगटेको छ । उत्पादनको हिसाबले तेस्रो प्रमुख बाली भए पनि गहुँखेती हुने जमीनको क्षेत्रफल घट्दै गएर अपेक्षाकृत उत्पादन हुन नसक्दा वर्षेनि अर्बौं रुपैयाँको गहुँ आयात गर्नुपर्ने बाध्यता छ । गत आवमा नेपालमा ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको १ लाख ९१ हजार मेट्रिक टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा मुख्य गरी भारतबाटै गहुँ आयात गर्ने गरिन्छ । नेपालमा अहिले भइरहेको गहुँ उत्पादन खाद्य प्रयोजनका लागि पर्याप्त भएको बताइन्छ । विदेशबाट आयात हुने सबै गहुँ औद्योगिक प्रयोजनमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक शाखाका प्रमुख रामकृष्ण रेग्मीले जमीनको खण्डीकरण भएर खेतीयोग्य क्षेत्रफल घट्दै गएको र उत्पादन लागतअनुसारको नाफा नहुने भएकाले गहुँखेतीतर्फ किसानको आकर्षण घट्दै गएको बताए । उनका अनुसार नेपालमा भात खाने चलन निकै पुरानो छ । अझ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि भात खाने संस्कृति बढ्दै गएकाले पनि धानखेतीतर्फ बढी र गहुँखेतीमा कम आकर्षण रहेको बताइन्छ । गहुँ उत्पादन बढाउन सरकारले नै विशेष पहल थाल्नुपर्ने अभियानका संयोजक अधिकारी बताउँछन् । गहुँकै लागि भनेर उच्च अनुदान दिने, गहुँ पकेट क्षेत्र विस्तार गर्ने, यन्त्र उपकरणको सहज पहुँच बढाउने र मल तथा उन्नत जातका बीउको सर्वसुलभता प्रदान गर्नेतर्फ सरकार अग्रसर भए किसानलाई गहुँखेतीतर्फ आकर्षित गर्न सकिने उनको भनाइ छ ।

ब्रोडब्याण्ड विस्तारले टेलिकम कम्पनीको भविष्य संकटमा, आम्दानी निरन्तर घट्दै

ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी खुम्चिन थालेको छ । ब्रोडब्याण्ड (फिक्स्ड) इन्टरनेटका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा भने खुम्चन पुगेको हो । ब्रोडब्याण्ड इन्टरनेटको विस्तार र यसमा सर्वसाधारणको पहुँच नहुँदासम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले फोन र म्यासेजबाट मनग्य आम्दानी गर्दै आइरहेका थिए । तर, ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग व्यापक बनाउँदा टेलिकम कम्पनीरूको आम्दानी खुम्चन

मासिँदै ढिकी, जाँतो र पानीघट्ट : अर्कै पेसा खाेज्नुपर्ने अवस्था

बाग्लुङ – एक दशक अगाडिसम्म बाग्लुङका धेरैजसो ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच थिएन । बिजुलीको पहुँच नहुँदा स्थानीयवासीले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्तीमा बिजुलीको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको  जनाइएको छ । गाउँलेले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरप...

मासिँदै  ढिकी, जाँतो र पानीघट्ट

एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्‌को पहुँच थिएन । विद्युत्‌को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्‌को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको  जनाइएको छ ।गाउँलेले पिसा

समुन्द्रसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा – अध्यक्ष मल्ल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले भारतीय समुन्द्री बन्दरगाहसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा भएको बताएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले आज एक सूचना निकाल्दै भारतसँगको रेल सेवा सम्झौता संशोधन कोषेढुंगा भएको बताए। भने,“यसबाट नेपालको वैदेशिक तथा दुई देशको व्यापारमा ठूलो सघाउ पुग्छ।”यसबाट आयात/निर्यातको समय र लागत घट्ने उनको भनाई छ। जसबाट उपभोक्तामूल्य घट्दै सस्तो मूल्यमा सामाग्री पाउन थाल्ने चेम्बरले बताएको छ।