समुन्द्रसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा – अध्यक्ष मल्ल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले भारतीय समुन्द्री बन्दरगाहसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा भएको बताएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले आज एक सूचना निकाल्दै भारतसँगको रेल सेवा सम्झौता संशोधन कोषेढुंगा भएको बताए। भने,“यसबाट नेपालको वैदेशिक तथा दुई देशको व्यापारमा ठूलो सघाउ पुग्छ।”यसबाट आयात/निर्यातको समय र लागत घट्ने उनको भनाई छ। जसबाट उपभोक्तामूल्य घट्दै सस्तो मूल्यमा सामाग्री पाउन थाल्ने चेम्बरले बताएको छ।

सम्बन्धित सामग्री

निर्यात प्रवर्धन गर्न नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। निर्यात प्रवर्धन गरेर व्यापारघाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए।...

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताएका हुन् । अध्यक्ष मल्लले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस […]

रोजगारी सिर्जना गर्न सामूहिक लगानी : अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामुहिक

बेरोजगारी अन्त्य गर्न सामुहिक पहल गर्नुपर्छ : चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहलगर्नुपर्ने बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै मल्लले सामूहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको हो । आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा […]

रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यक : चेम्बर अध्यक्ष मल्ल

पोखरा : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन्।पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन्।अध्यक्ष मल्लले भने, ‘आर्थिक विकास र समृचिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ। प्रत्येक बर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा

ब्याजदर बृद्धिले उद्यमी, व्यवसायी मर्कामा : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तिय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताएका हुन् ।उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताए । क

बोर्ताका बाढीपीडितलाई राहत वितरण गर्दै पालिका अध्यक्ष मल्ल

बाजुराकाे हिमाली गाउँपालिका– ४ बोर्ताका एक सय १३ परिवारलाई  पालिका अध्यक्ष गोविन्द  मल्लले राहत वितरण गरेका छन्।    यही असोज १९ देखि २३ सम्म परेको अविरल वर्षाका कारण बोर्ताका एक सय १३...

स्वदेशी मौलिक उत्पादनको निर्यात बढाउनुपर्छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौली उत्पादनको निर्यात वृद्धिमा जोड दिनुपर्ने बताएका छन । राजश्व परामर्श समितिले आज आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मल्लले यस्तो बताएका हुन । यस्तै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट गरेको करको प्रक्षेपणलाई सघाउन नीजि क्षेत्र तयार रहेको बताए । ‘बजेट राम्रो छ भनेर हामिले स्वागत गरि सकेका छौ । बजेटमा रहेका केही कमि कमजोरी राजश्व परामर्श समितिले सहजीकरण गर्छ भन्ने चेम्बरको अपेक्षा छ’ उनले भने, &ls

चेम्बरका अध्यक्ष मल्ल र जापानका राजदूतबीच भेटवार्ता

नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षाका लागि आफुहरुले सरकारसँग पहल गर्ने बताए ।उनले भने, ‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडाम

बीमा समितिले तत्काल आफ्नो निर्णय सच्याउनुपर्छ – अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा समितिले शुक्रबारको निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । बीमा समितिले नेपालका बीमा कम्पनीहरूले स्वेदशकै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।समितिले निर्देशनमा जारी गर्दै स्वदेशी पुनर्बीमा कम्पनीको अनुमति लिएर मात्रै विदेशी कम्पनीसँग पुनर्बीमा गराउन निर्देशन दिएको थियो । समितिको यो निर्देशन तत्काल सच्याउन पर्ने मल्लले बताएका हुन् ।‘हाल नेपालमा ३९ वटा जीवन/निर्जीवन बीमा कम्पनी छन् । तर, अहिले जम्मा एउटा पुनर्बीमा कम्पनी छ,’