ब्रोडब्याण्ड विस्तारले टेलिकम कम्पनीको भविष्य संकटमा, आम्दानी निरन्तर घट्दै

ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी खुम्चिन थालेको छ । ब्रोडब्याण्ड (फिक्स्ड) इन्टरनेटका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा भने खुम्चन पुगेको हो । ब्रोडब्याण्ड इन्टरनेटको विस्तार र यसमा सर्वसाधारणको पहुँच नहुँदासम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले फोन र म्यासेजबाट मनग्य आम्दानी गर्दै आइरहेका थिए । तर, ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग व्यापक बनाउँदा टेलिकम कम्पनीरूको आम्दानी खुम्चन